default_image

7 years ago

April 22, 2019

गौरिकालाई राष्ट्रिय कीर्तिमानसहित दुई स्वर्ण

214 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – ओलम्पियन गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीतर्फ दोस्रो दिनको खेलमा पनि आफ्नो उच्च लयलाई निरन्तरता दिएकी छिन् । पहिलो दिन दुई स्वर्ण र एक राष्ट्रिय कीर्तिमान कायम गरेकी गौरिकाले दोस्रो दिन सोमबार पनि दुई स्वर्ण जित्ने क्रममा एक कीर्तिमान कायम गरिन् ।

महिला १ सय मिटर फ्रीस्टाइलमा त्रिभुवन आर्मी क्लबकी गौरिकाले राष्ट्रिय कीर्तिमान कायम गर्दै स्वर्ण हात पारिन् । उनले ५९.६० सेकेन्डमा निर्धारित दुरी पूरा गरिन् । यसअघि गौरिकाकै नाममा कीर्तिमान रहेको थियो । उक्त स्पर्धामा आर्मीकै सोफिया शाहले रजत र एपीएफकी टिसा शाक्यले कांस्य हात पारिन् ।

पुरुष १ सय मिटर फ्रीस्टाइलमा एलेक्स शाहले नयाँ राष्ट्रिय कीर्तिमान राख्दै स्वर्ण जिते । आर्मीका एलेक्सले ५५.६३ सेकेन्डमा रेस पुरा गरे । उनले हिट्समा ५५.३८ सेकेन्डको कीर्तिमान कायम गरेका थिए । उक्त स्पर्धामा पुलिसका साएद हम्जा शाह दोस्रो र आर्मीका अनुभव सुब्बा तेस्रो भए ।

पुरुष ५० मिटर बटरफ्लाईमा पुलिसकी साएद हम्जा शाहले २७ सेकेन्डमा रेस पूरा गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते । आर्मीका अनुभव सुब्बा दोस्रो र एपीएफका तेन्जिङ गुरुङ तेस्रा भए ।

गौरिकाले त्यसअघि महिला ४ सय मिटर फ्रिस्टाइलमा पनि स्वर्ण हात पारेकी थिइन् ।उनले ४ मिनेट ४४.८१ सकेन्डमा निर्धारित दुरी पुरा गरिन् । आर्मीकै डुआना लामा दोस्रो र टिसा शाक्य तेस्रो भइन् । सोहि स्पर्धामा पुरुषतर्फ एनआरएनका नाथन शेर्पा ४ मिनेट ३३.०९ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जिते । एपीएफका नासिर हुसेन र उर्गेन महर्जन क्रमश: दोस्रो र तेस्रो भए ।

महिला ५० मिटर बटरफ्लाईमा आर्मीकी सोफिया शाह ३३.५० सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जित्न सफल भइन् । पुलिसकी अनुसिया तन्डुकार दोस्रो र एपीएफकी श्रीवी महर्जन तेस्रो भइन् । पुरुष २ सय मिटर ब्रेस्टस्ट्रोकमा एपीएफका शुभम श्रेष्ठले २ मिनेट ३१.४४ सेकेन्डमा दुरी पूरा गर्दै स्वर्ण जिते । पुलिसका दीपंकर अवाले दोस्रो र प्रदेश १ का बेदग्य राज जोशी तेस्रा भए ।

महिला २ सय मिटर ब्रेस्टस्ट्रोकमा आर्मीकी डुआना लामाले २ मिनेट ५५.०९ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जितिन् । आर्मीकै उपास्ती महर्जन दोस्रो तथा पुलिसकी अदिप्शा वैध तेस्रो भए ।

October 28, 2025

राष्ट्रिय खुला पौडीमा १ सय बढी खेलाडीले भाग लिने

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक‌ […]

September 24, 2025

१६ खेलाडीसहितको पौडी टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद)- ‌एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]

August 14, 2025

नेपाली खेलाडीले विश्व एक्वेटिक जुनियर च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीले‌रो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]

Success

Thank you for your time.