default_image

7 years ago

April 23, 2019

राष्ट्रिय कीर्तिमानसहित गौरिकाले जितिन् चार स्वर्ण

237 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकद) – ओलम्पियन तथा कीर्तिमानी पौडीवाज त्रिभुवन आमी क्लबकी गौरिका सिंहले आठौं अन्तरगत राष्ट्रिय पौडी च्याम्पियनमा मंगलबार एक रािष्ट्रय कीर्तिमानसहित चार स्वर्ण जित्न सफल भएकी छन् ।

योसँगै आठौमा भाग लिएका सबै ८ वटा इभेन्ट्समा गौरिका स्वर्ण पदक जित्न सफल रहिन् । उनले पहिलो र दोस्रो दिन समान २–२ स्वर्ण जित्दा मंगलबार चार स्वर्ण जित्न सफल भयो । गौरिकाले तेस्रो दिन १०० मिटर बटरफ्लाई, २०० मिटर फ्रिस्टाइल, २०० मिटर ब्याकस्ट्रोक र ४ गुणा १०० मिटर रिलेमा स्वर्ण जित्न सफल भएकी हुन् ।

नेपालगन्जस्थित सिग्नेट होटेलको पौडी पोखरीमा मंगलबार भएको महिला १०० मिटर बटर फ्लाईमा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । उनले १ मिनेट ७.९७ सेकेन्डको समय निकाल्दै नयाँ राष्ट्रिय कीर्तमान बनाइन् । यसअघि उनकै नाममा १ मिनेट ८.६३ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो ।

यो स्पर्धामा आर्मीकी दुवाना लामाले १ मिनेट १४.०७ सेकेन्डसहति रजत जितिन् । एपीएफकी श्रीवी महर्जनले १ मिनेट २१.३७ सेकेन्डसहित कास्य जितिन् । महिला २०० मिटर ब्याक स्ट्रोकमा गौरिकाले २ मिनेट ४२.२५ सेकेन्डसहित स्वर्ण हात पारिन् । पुलिसकी अनुस्का पोखरेलले ३ मिनेटको समयसहित रजत तथा एपीएफकी दिया स्थापितले कास्य जितिन् ।

पुरुष २०० मिटर ब्याकस्ट्रोकमा एनआएनएका नाथन दोर्जेले २ मिनेट १६.५० सेकेन्डसहित स्वर्ण जिते । एपीएफका तेन्जिङ नाम्डोल रायन गुरुङले रजत तथा एपीएफकै नासिर हुसेनले कास्य जिते ।
महिला ५० मिटर ब्याकस्ट्रोकमा आर्मीकी दुवाना लामाले ३६ सेकेन्डको समयसहित स्वर्ण जित्दा आर्मीकै उपस्थी महर्जनले रजत तथा एपीएफकी टिसा शाक्यले कास्य जितिन् । पुरुषमा आर्मीका शुभम श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमानसहति स्वर्ण जिते । उनले ३१.९० सेकेन्डको समय निकाले ।
पुलिका दिपांकर अवालेले रजत तथा एपीएफका वेज्ञराज जोशीले कास्य जिते ।

महिला २०० मिटर फ्रिस्टाइनलमा आर्मीकी गौरिकाले २ मिनेट ९.१९ सेकेन्डसहित स्वर्ण जितिन् । आर्मीकी दुवाना लामाले रजत तथा एपीएफकी टिसा शाक्यले कास्य जितिन् । पुरुषतर्फ पुलिसका गौरव लामाले २ मिनेट २०.२८ सेकेन्डका साथ स्वर्ण जिते । पुलिसकै तरुण भण्डारीले रजत तथा एपीएफका उर्गेन महर्जनले कास्य जिते ।

पुरुष १०० मिटरमा आर्मीका अनुभव सुब्बा र पुलिसका सायद हम्जा शाहले नयाँ राष्ट्रिय कीर्तिमान बनाए । दुवैले हिट चरणमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । यसमा १ मिनेट १.१ सेकेन्डको कीर्तिमान थियो । हिट चरणमा सायदले १ मिनेट ०.२५ सेकेन्डको तथा अनुभवले १ मनेट ०।५३ सेकेन्डसहित कीर्तिमान बनाएका हुन् । फाइनल राउन्डमा अनुभवले १ मिनेट ०।६२ सेकेन्डसहित स्वर्ण तथा सायदले १ मिनेट ०.६६ सेकेन्डसहित रजत जिते । एनआरएनएका नाथन दोर्जे शेर्पाले कास्य जिते ।

महिला ४ गुणा १०० मिटर रिलेमा गौरिका सिंह, उपस्थी महर्जन, दुवाना लामा र सोफिया शाहको समूहले स्वर्ण जिते । पुलिसले रजत तथा एपीएफले कास्य जित्न सफल भयो । पुरुषमा पुलिसले स्वर्ण, एपीएफले रजत तथा आर्मीले कास्य जित्यो ।

October 28, 2025

राष्ट्रिय खुला पौडीमा १ सय बढी खेलाडीले भाग लिने

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक‌ […]

September 24, 2025

१६ खेलाडीसहितको पौडी टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद)- ‌एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]

August 14, 2025

नेपाली खेलाडीले विश्व एक्वेटिक जुनियर च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीले‌रो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]

Success

Thank you for your time.