default_image

5 years ago

May 15, 2019

गौरिकासहित ४ खेलाडीले विश्व च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – स्टार पौडी खेलाडी गौरिकासिंहसहित ४ खेलाडीले मित्र राष्ट्र कोरियाको ग्वाङ्गजु सहरमा आयोजना हुने १८ औं फिना विश्व पौडी च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल पौडी संघले विश्व च्याम्पियनसिपमा सहभागी हुन जाने खेलाडीहरुको छनोट भएको जानकारी गराएको हो । उक्त च्याम्पियनसिपमा महिला तर्फ गौरिका सिंह र सोफिया गाडेगार्ड शाह तथा पुरुष […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्टार पौडी खेलाडी गौरिकासिंहसहित ४ खेलाडीले मित्र राष्ट्र कोरियाको ग्वाङ्गजु सहरमा आयोजना हुने १८ औं फिना विश्व पौडी च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपाल पौडी संघले विश्व च्याम्पियनसिपमा सहभागी हुन जाने खेलाडीहरुको छनोट भएको जानकारी गराएको हो । उक्त च्याम्पियनसिपमा महिला तर्फ गौरिका सिंह र सोफिया गाडेगार्ड शाह तथा पुरुष तर्फ शुभम श्रेष्ठ र एलेक्सजेन्डर गाडेगार्ड शाहले सहभागिता जनाउनेछन् । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत सम्पन्न २१ औं राष्ट्रिय पौडी च्याम्पियनसिपमा खेलाडीहरुले प्राप्त गरेको उत्कृष्ट समयका साथ फिना अंकलाई आधार मानि खेलाडी छनोट गरिएको पौडी संघले जनाएको छ ।

उक्त प्रतियोगितामा खेलाडीहरुले प्राप्त गरेको समयलाई फिना अंकमा परिवर्तन गर्दा गौरिका सिंहले २०० मिटर फ्रिस्टायलमा २ मिनट ९.१९ सेकेन्ड समयका साथ ६२४ फिना अंक प्राप्त गर्न सफल भएकी थिईन् । गौरिकाले विश्व च्याम्पियनसिपलाई यहि डिसेम्बरमा हुने दक्षिण एसियाली खेलकुदको तयारीको रुपमा रहेको बताएकी थिइन् । डुवाना लामाले ४०० मिटर फ्रिस्टायलमा ४ मिनट ५०.४७ सेकेन्डमा दूरी पार गर्दै ५२६ अंक प्राप्त गरेता पनि फिनाको नियमानुसार च्याम्पियनसिपमा सहभागी हुन १४ बर्ष पुरा हुनु पर्नेमा उनको उमेर १३ बर्ष ५ महिना १७ दिन मात्र भएकोले उमेरका आधारमा च्याम्पियनसिपमा सहभागी हुन नसकेको संघले जनाएको छ ।

डुवानाको उमेर कम भएपछि सोफियाले विश्व च्याम्पियनसिप खेल्ने भएकी हुन् । १०० मिटर फ्रिस्टायलमा १ मिनट २.५९ सेकेन्डका साथ ५१७ फिना अंक प्राप्त गर्दै विश्व च्यामिपयनसिपका लागि छनोट हुन सफल भएकी हुन् । महिला तर्फ बैकल्पिक खेलाडीका रुपमा टिषा शाक्य रहेकी छिन् । शाक्यले १०० मिटर फ्रिस्टायलमा १ मिनट ३.५६ सेकेन्डका साथ ४९४ अंक प्राप्त गरेकी थिईन् ।

यस्तै पुरुषतर्फ शुभमले १०० मिटर ब्रेष्ट स्ट्रोक्समा १ मिनट ८.१५ सेकेन्डमा साथ ५४३ फिना अंक र एलेक्सजेन्डरले १०० मिटर फ्रिस्टायलमा ५५.३८ सेकेन्डका साथ ५३४ फिना अंक हात पार्दै च्याम्पियनसिपका लागि छनोट भएका हुन् । बैकल्पिक खेलाडीको रुपमा रहेका शयद हम्जा शाहले १०० मिटर ब्रेष्ट स्ट्रोकमा १ मिनट ८.८७ सेकेन्डका साथ ५२६ अंक हात पारेका थिए ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भएको २१ औ राष्ट्रिय पौडी प्रतियोगितामा सेनाको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेकी गौरिका सिंहले ६ राष्ट्रिय किर्तिमानका साथै आफुले सहभागिता जनाएको सवै १२ विधामा स्वर्ण हात पारेकी थिईन् ।

February 12, 2024

गौरिका र नासिरद्वारा नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – जलपरी गौरिका सिंह र पौडीवाज नासिर याहा हुसेनले विश्व एक्वाटिक्स च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । कतारको दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनसिप दौरान साेमबार गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको पुरानो किर्तिमान भंग गरेकी हुन् । नयाँ कीर्तिमान बनाउने क्रममा गौरिकाले निर्धारित दुरी १ मिनेट ५ दशमलव ४७ […]

December 28, 2023

निसर्ग बाटिका पौडीमा टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- निसर्ग बाटिका स्कुल २६ औं राष्ट्रिय खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा भएको प्रतियोगितामा कुल १ सय ४८ अंकका साथ निसर्ग टिम च्याम्पियन बनेको हो । दोश्रो स्थानमा रहेको स्वस्तीश्री गुरुकुलले ५१ अंक र तेश्रो स्थानमा […]

September 23, 2023

सरुले एसियाडका बाँकी खेल गुमाउने

हाङ्गचौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बुले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) का बाँकी खेल गुमाउने भएकी छिन् । एसियाडमा शुक्रबार भिएतनामविरुद्धको खेलमा घुडाँमा चोट लागेपछि सरुले बाँकी खेल गुमाउने भएकी हुन् । समूह चरणमा नेपालले अब जापान र बंगलादेशसँग खेल्न बाँकी छ । भिएतनामविरुद्धको खेलको ३५ औं मिनेटमा […]

Success

Thank you for your time.