default_image

6 years ago

July 16, 2019

पौडी टोली कोरिया जाँदै

200 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद)-अठारौं फिना विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली पौडी टोली बुधबार दक्षिण कोरियाको ग्वाङझु प्रस्थान गर्ने भएको छ ।


जुलाई १२ देखि २८ तारिखसम्म हुने प्रतियोगिता समान २/२ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा शुभम् श्रेष्ठले ५० र १ सय मिटर ब्रेस्टस्ट्रोक तथा एलेक्जेन्डर शाहले ५० र १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् ।

त्यस्तै महिलामा गौरिका सिंहले १ सय र २ सय मिटर फ्रिस्टायल तथा सोफिया शाहले ५० मिटर फ्रिस्टायल र ५० मिटर बटरफ्लाइमा खेल्ने छन् । गौरिका भेन लन्डनबाटै कोरिया जाने छिन् ।

टिम व्यवस्थापकमा नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठ तथा प्रशिक्षकमा पौडीका प्रमुख प्रशिक्षक शंकर कार्की रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले मंगलबार एक कार्यक्रमबीच सातदोबटोमा बिदाइ गरे ।

October 28, 2025

राष्ट्रिय खुला पौडीमा १ सय बढी खेलाडीले भाग लिने

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक‌ […]

September 24, 2025

१६ खेलाडीसहितको पौडी टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद)- ‌एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]

August 14, 2025

नेपाली खेलाडीले विश्व एक्वेटिक जुनियर च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीले‌रो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]

Success

Thank you for your time.