default_image

6 years ago

July 25, 2019

गौरिका र एलेक्जेन्डरको नयाँ राष्ट्रिय कीर्तिमान

340 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरियामा जारी १८ औं फिना विश्व च्याम्पियनसिपमा नेपाली पौडीबाज गौरिका सिंह र एलेक्जेन्डर शाहले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

गौरिकाले १ सय मिटर फ्रिस्टाइलमा आफ्नै पुरानो कीर्तिमान तोड्न सफल भएकी हुन् । उनले बिहीबार १ मिनेट ६२ मिलिसेकेन्डमा निर्धारित दुरी पुरा गर्दै १ मिनेट ७९ मिलिसेकेन्डको पुरानो कीर्तिमान सुधारेकी हुन् । उनले उक्त कीर्तिमान सन् २०१७ मा २० औं राष्ट्रिय पौडी प्रतियोगितामा राखेकी थिइन् । गौरिका प्रतिस्पर्धाको ९३ खेलाडीमध्य ६९ औं स्थान हासिल गर्न सफल भइन् । त्यसअघि गौरिकाले २ सय मिटर फ्रिस्टाइलमा २ मिनेट १२ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै ४८ औं स्थान हासिल गरेकी थिइन् ।

यस्तै एलेक्जेन्डरले १ सय मिटर फ्रीस्टाइलमा शिरिष गुरुङको कीर्तिमान तोड्न सफल रहे । एलेक्जेन्डरले ५६.२८ सेकेन्डमा निर्धारित दुरी पुरा गरेका हुन् । यसअघि सन् २०१७ मा भएको एनएसए कपमा शिरिषले ५७.६९ सेकेन्डको कीर्तिमान राखेका थिए । यस स्पर्धामा सहभागी १ सय २० खेलाडीमध्य एलेक्जेन्डर १ सय २ औं स्थानमा आए । एलेक्सले भोली ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।

एलेक्जेन्डर शाह प्रतिस्पर्धा गर्दै (फाइल तस्बिर)

नेपालका अर्का पौडीबाज शुभम श्रेष्ठले १ सय मिटर ब्याकस्ट्रोक १ मिनेट ११.७४ सेकेन्डमा पूरा गरे । उनी ८७ खेलाडीमध्य ८४ औं स्थानमा रहे । उनले २ सय मिटर ब्याकस्ट्रोकमा २ मिनेट ३८.७९ सेकेन्ड लगाउँदै ५२ खेलाडी सम्मिलित प्रतिस्पर्धाको पुछारमा रहे । नेपालबाट अब सोफिया शाहले ५० मिटर बटरफ्लाई र ५० मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछिन् ।

October 28, 2025

राष्ट्रिय खुला पौडीमा १ सय बढी खेलाडीले भाग लिने

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक‌ […]

September 24, 2025

१६ खेलाडीसहितको पौडी टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद)- ‌एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]

August 14, 2025

नेपाली खेलाडीले विश्व एक्वेटिक जुनियर च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीले‌रो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]

Success

Thank you for your time.