default_image

6 years ago

August 22, 2019

विश्व जुनियर पौडी च्याम्पियनसिपमा दुई खेलाडीद्धारा राष्ट्रिय कीर्तिमान

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– हंगेरीको बुडापेस्टमा जारी सातौं विश्व जुनियर पौडी प्रतियोगितामा नेपालका दुई जना खेलाडी राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका छन् ।

१ सय मिटर बटरफ्लाईमा शाहीद हम्जा शाहले तीनदशक अघिको राष्ट्रिय कीर्तिमान भंग गरेका हुन् । शाहले १ मिनेट १ दशमलव २२ सेकेण्डका साथ नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । यसअघि यो कीर्तिमान १ मिनेट ३ दशमलव ४३ सेकेण्डका साथ आनन्द लेप्चाको नाममा थियो । लेप्चाले यो कीर्तिमान सन् १९८९ मा बनाएका थिए ।

त्यस्तै १ सय मिटर ब्रेस्ट स्टोकमा विद्या संस्कार स्कुलमा कक्षा १० मा अध्ययनरत अदिप्सा वैद्यले पनि नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । वैद्यले १ मिनेट २३ दशमलव ८९ सेकेण्डका साथ नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । यसअघि यो कीर्तिमान १ मिनेट २५ दशमलव ८२ सेकेण्डका टिसा शाक्यको नाममा थियो ।

अगष्ट २५ तारिखसम्म हुने प्रतियोगितामा समान ४–४ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गरिरहेका छन् । प्रतियोगितामा सहभागी हुने पुरुष पौडीबाजहरुमा सैयद हम्जा शाह, गौरव लामा, वैदज्ञराज जोशी र विकास कुमाल रहेका छन् ।

महिलातर्फ टीसा शाक्य, अदिप्सा वैद्य, युस्का महर्जन र अनुष्का पोख्रेलले सहभागिता जनाइरहेका छन् । प्रशिक्षकमा ईश्वर कार्की तथा टिम व्यवस्थापकमा वैभव पौडेल छन् ।

October 28, 2025

राष्ट्रिय खुला पौडीमा १ सय बढी खेलाडीले भाग लिने

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक‌ […]

September 24, 2025

१६ खेलाडीसहितको पौडी टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद)- ‌एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]

August 14, 2025

नेपाली खेलाडीले विश्व एक्वेटिक जुनियर च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीले‌रो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]

Success

Thank you for your time.