default_image

8 years ago

August 1, 2016

गौरिका रियो ओलम्पिकमा सबैभन्दा कम उमेरकी खेलाडी हुन सक्ने !

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले ओलम्पिकमा भाग लिएको ५० बर्ष पुरा भइसकेको छ । सन् १९६४ को टोकियो ओलम्पिक यता नेपालले केही छोडेर बाँकी सबैमा सहभागिता जनाउँदै आएको छ । तेक्वान्दोकी संगिना वैद्यले २००४ को एथेन्स ओलम्पिक र सोही खेलका दीपक विष्टले २००८ को बेजिङ ओलम्पिक बाहेक अन्य सबै नेपाली खेलाडीको सहभागिता यता युनिभर्सियालिटी प्लेसस […]

86 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले ओलम्पिकमा भाग लिएको ५० बर्ष पुरा भइसकेको छ । सन् १९६४ को टोकियो ओलम्पिक यता नेपालले केही छोडेर बाँकी सबैमा सहभागिता जनाउँदै आएको छ । तेक्वान्दोकी संगिना वैद्यले २००४ को एथेन्स ओलम्पिक र सोही खेलका दीपक विष्टले २००८ को बेजिङ ओलम्पिक बाहेक अन्य सबै नेपाली खेलाडीको सहभागिता यता युनिभर्सियालिटी प्लेसस या वाइल्र्ड कार्डबाट मात्र सुनिश्चित हुँदै आएको छ । नेपालका लागि ओलम्पिकमा पदक जित्नु भन्दा पनि सहभागि हुनु नै ठूलो हुँदै आएको छ ।
चार दिनपछि ब्राजिलयको रियोमा सुरु हुने ३१ औं गृष्मकालिन ओलम्पिकमा नेपालका ५ खेलमा ७ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । ओलम्पिकमा पुगेर पदक जित्ने भन्दा पनि राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीको पहिलो लक्ष्य हुने गरेको छ । यसपटक यसअघिको भन्दा भिन्नै आशा गरिएको छैन । यद्दपी खेल हो, प्रतिस्पर्धा अगाडी सबै खेलाडीलाई समान नजरले हेरिन्छ ।
यसपटक नेपाल फरक कारणले रियो ओलम्पिकमा चर्चामा रहने सम्भावना छ । २ सय ७ राष्ट्रका १० हजार भन्दा बढी खेलाडीको सहभागिता रहने रियो ओलम्पिकमा नेपाली १३ बर्षे पौडी खेलाडी गौरिका सिंह सबैभन्दा कम उमेरकी खेलाडीका रुपमा भाग लिने सम्भावना छ ।

१२ औं सागमा जितेका चार पदक देखाउँदै पौडी खेलाडी गौरिका सिंह ।

१२ औं सागमा जितेका चार पदक देखाउँदै पौडी खेलाडी गौरिका सिंह ।

इङ्ल्यान्डका  लेखकले गौरिका रियो ओलम्पिककी सबैभन्दा कम उमेरकी खेलाडी हुन सक्ने बताएको सञ्चारमाध्यममा उल्लेख छ । रियो ओलम्पिक न्युज सर्भिसका स्पोर्टस राइटर इयान चान्दबन्दले नेपाली टोलीको तयारी समिति संयोजक नलेन्द्रराज श्रेष्ठलाई इमेल लेख्दै गौरिका कम उमेरकी खेलाडी हुन सक्ने उल्लेख गरेका छन् ।
‘चान्दबन्दले इमेलमार्फ मलाई यो विषयमा जानकारी दिएका थिए । उनले पनि सम्भावनाको कुरा गरेका छन्’ रियो ओलम्पिकका लागि आइतबार त्यसतर्फ प्रस्थान गरेका नेपाल ओलम्पिक कमिटीका सदस्य श्रेष्ठले भने, ‘ मैले उनलाई उनको जानकारीका विषयमा प्रष्ट पार्न इमेल पठाएको थिए, त्यसको जवाफ आएको छैन । ’
श्रेष्ठले रियो ओलम्पिकमा भाग लिने कम उमेरका थोरै खेलाडीमा गौरिका पर्ने निश्चित भएपनि सबैभन्दा कम उमेरकी भन्न जानकारी दिन केही दिन लाग्ने बताएका छन् । ट्रान्जिटमा अबुधावी विमानस्थलमा रहेका श्रेष्ठले भने, ‘ हामी त्यहाँ पुग्ने वित्तिकै यो विषयमा औपचारिक जानकारी लिने प्रयास गर्नेछौं । यदि यो सही भएमा नेपालका लागि इतिहास हुनेछ ।’ गौरिकाले ओलम्पिकमा आइतबार १ सय मिटर ब्याक स्ट्रोकमा प्रतिस्पर्धा गर्नेछिन् ।
परिवारका साथ बेलायत बैदै आएकी गौरिकाले ६ महिनाअघि भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि एक रजतसहित ४ पदक जितेर इतिहास रचिसकेकी छिन् । सागमा नेपाललाई व्यक्तिगत पदक दिलाउने गौरिका पहिलो खेलाडी हुन् । उनले दुई सय मिटर इन्डिभिजुअल मिड्लेमा रजत, ५०, १ सय र २ सय मिटर ब्याक स्ट्रोकमा कास्य जितेकी थिइन् । उनी बेलायतबाट मंगलबार रियो पुग्ने श्रेष्ठले जानकारी दिए ।

April 20, 2024

श्रेष्ठको अध्यक्षतामा पौडी संघमा नयाँ नेतृत्व

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पौडी संघको अध्यक्षमा जगतमान श्रेष्ठसहित २५ सदस्यीय कार्यसमिति शनिबार निर्विरोध निर्वाचित भएको छ । यसअघि झण्डै १२ वर्ष संघको महासचिव रहेका श्रेष्ठ अध्यक्ष चुनिएका हुन् । प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई वरिष्ठ उपाध्यक्ष तथा चित्रराज भट्ट, जुनाकुमारी कठायत, गंगालाल सिंगार उपाध्यक्ष चयन भएका छन् । पौडीका पूर्व मुख्य […]

February 12, 2024

गौरिका र नासिरद्वारा नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – जलपरी गौरिका सिंह र पौडीवाज नासिर याहा हुसेनले विश्व एक्वाटिक्स च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । कतारको दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनसिप दौरान साेमबार गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको पुरानो किर्तिमान भंग गरेकी हुन् । नयाँ कीर्तिमान बनाउने क्रममा गौरिकाले निर्धारित दुरी १ मिनेट ५ दशमलव ४७ […]

December 28, 2023

निसर्ग बाटिका पौडीमा टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- निसर्ग बाटिका स्कुल २६ औं राष्ट्रिय खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा भएको प्रतियोगितामा कुल १ सय ४८ अंकका साथ निसर्ग टिम च्याम्पियन बनेको हो । दोश्रो स्थानमा रहेको स्वस्तीश्री गुरुकुलले ५१ अंक र तेश्रो स्थानमा […]

Success

Thank you for your time.