4 years ago
July 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० अन्तर्गत पौडी खेलाडी गौरिका सिंहले १ सय मिटर फ्रिस्टाइलमा औसत प्रदर्शन गरेकी छिन् ।

गौरिकाले १ मिनेट ०.११ सेकेन्डमा निर्धारित दुरी पूरा गरेकी हुन् । उनी ४ खेलाडी सम्मिलित हिटमा तेस्रो भइन् । यसअघि उनले १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने क्रममा ५८.१३ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै राष्ट्रिय कीर्तिमान राखेकी थिइन् । उनले त्यसबेला स्वर्ण जित्ने क्रममा भारतीय खेलाडीलाई पनि पछि पारेकी थिइन् । उक्त स्पर्धा २५ मिटर पुलमा भएको थियो । विश्व च्याम्पियनसिपमा भने उनले सन् २०१९ मा १ मिनेट ०.६२ सेकेन्डको उत्कृष्ट समय राखेकी थिइन् । ५० मिटर कोर्षमा भने उनको उत्कृष्ट प्रदर्शन हो ।
त्यसयता निरन्तर प्रशिक्षणमा रहेकी उनले युनिभार्सालिटि प्लेसेसको आधारमा लगातार दोस्रोपटक प्रतिस्पर्धा गर्ने अवसर पाएकी हुन् । समग्रमा ५१ खेलाडी रहेको यस स्पर्धाबाट शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउनेछन् । गौरिकाको अर्को चरणमा पुग्ने सम्भावना समाप्त भइसकेको छ ।
यसअघि मंगलबार पौडीकै एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले पुरुष १ सय मिटर फ्रीस्टाइलमा आफ्नो हिट जित्ने क्रममा राष्ट्रिय कीर्तिमान कायम गरेका थिए । एलेक्सले निर्धारित दुरी ५३.४१ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । उनले यसअघि आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान सुधार गरेका हुन् । एलेक्सले अर्को चरणमा भने स्थान बनाउन सकेनन् ।

एलेक्सले दक्षिण एसियाका भुटान, माल्दिभ्स र पाकिस्तानका खेलाडीसहित १० जनालाई पछि पारे । १३ औं दक्षिण एसियाली खेलकुदमा यसै विधामा स्वर्ण जितेका श्रीलंकाका म्याथ्यु अबेसिंघेले ५०.६२ सेकेन्डमा पूरा गरे । समग्रमा ४८.४४ सेकेन्डभन्दा कम समयमा पूरा गर्नेले सेमिफाइनलमा स्थान बनाए ।
नेपालबाट यसअघि शनिबार दुई खेलाडीको चुनौती पहिलो चरणमा नै समाप्त भएको थियो । जुडोकी सोनिया भट्ट ४८ केजी तौल समूहमा र सुटिङकी कल्पना परियार १० मीत्र एयर राइफलमा प्रतिस्पर्धा गर्दै नेपाल फर्किसकेका छन् । कल्पनाले राष्ट्रिय कीर्तिमान राख्न सफल भएकी थिइन् । एथलेटिक्सकी सरस्वती चौधरीले भने ३० जुलाईमा प्रतिस्पर्धा गर्नेछिन् । उनले १ सय मिटर दौडमा सहभागिता जनाउनेछिन् ।
October 28, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक […]
September 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीलेरो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]