4 years ago
August 24, 2021
एजेन्सी – ओलम्पियन गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ । यसै महिना जापानमा सम्पन्न टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गरेर बेलयात पुगेकी गौरिकाले सामाजिक संजालमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएकी छिन् ।

गौरिकाले संक्रमण भएको व्यक्तिको सम्पर्कमा आएपछि परिक्षण गर्दा आफ्नो नतिजा पनि पोजेटिभ आएको जानकारी दिइन् । उनले आफूलाई कुनै लक्षण नदेखिएको र खोपको दुवै डोज लगाएपनि १० दिनको लागि क्वारेन्टिन बस्ने बताएकी छिन् । उनले नियमित मास्क लगाएर स्वास्थ्य मापदण्ड पालना गरेपनि संक्रमण भएको बताइन् ।
गौरिकाले आफूलाई कुनै लक्षण नरहेको र परिक्षण नगरेको भए संक्रमणबारे थाहा नहुन सक्ने बताइन् । उनले सबैलाई सुरक्षित रहन अनुरोध गर्दै आफ्नो सुस्वास्थ्यको कामना गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरिन् । गौरिकाले टोकियो ओलम्पिकमा महिला १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दै लङ कोर्षमा राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् ।
गौरिका यसै महिना उच्च शिक्षाका लागि अमेरिका जाने कार्यक्रम रहेको छ । उनले ओलम्पिकपछि केहि समय परिवारसँग बिताएर अमेरिकास्थित टफ्ट्स विश्वविद्यालय जाने जानकारी दिएकी थिइन् ।
October 28, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक […]
September 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीलेरो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]