default_image

4 years ago

November 9, 2021

चितवनमा यसै महिना राष्ट्रव्यापी पौडी प्रतियोगिता हुँदै

205 views

0 Bookmark

विनोदबाबु रिजाल,भरतपुर

चितवनमा यसै महिना विद्यालयस्तरीय उमेर समूह पौडी प्रतियोगिता हुने भएको छ । चितवनको भरतपुर–१३ मा रहेको लेक ट्वान्टी थाउजेण्ड फार्म रिसोर्ट (एलटिके हवेली)ले कात्तिक २७ र २८ गते पौडी प्रतियोगिता आयोजना गर्न लागेको हो ।

राष्ट्रव्यापी प्रतियोगितामा छात्र र छात्रातर्फ ३६ इभेन्टमा प्रतिस्पर्धा हुने एलटिके हवेलीका सञ्चालक देवेन लोहनीले जानकारी दिए । उनका अनुसार ब्रेष्ट स्ट्रोकतर्फ १८, बटर फ्लाइतर्फ ८ र फ्री स्टाइलतर्फ १० खेल गरिने छन् । प्रतियोगितामा २५ मिटरदेखि १ सय मिटर सम्मका पौडीका प्रतिस्पर्धा हुनेछन् ।

प्रतियोगितामा ८–१०, १२–१४ वर्ष उमेर समूह र १५ वर्षमाथिका खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा चितवन, मोरङ, ललितपुर, काठमाडौँ, कास्की, बाँकेलगायत जिल्लाबाट खेलाडी आउने बताइएको छ । ती सबैलाई बस्ने, खानेसहितको सबै खर्च एलटिकेले गर्नेछ । दुई दिने प्रतियोगितामा करिब ५ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ ।

एलटिकेले यसैपालि अन्तर्राष्ट्रिय मापदण्डको पौडीपोखरी निर्माण गरेको हो । त्यसका लागि करिब २ करोड खर्चिएको रिसोर्टले जनाएको छ । २५ मिटर लम्बाइ र १६ मिटर चौडाइमा फैलिएको स्वीमिङ पुलमा ६ लेन छन् । ३ देखि ६ फिटसम्मको गहिरो स्वीमिङ पुलमा २ दिनसम्म ५० भन्दा बढी खेलाडीले प्रतियोगितामा भाग लिने लोहनीले बताए ।

‘अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्न मिल्ने मापदण्डको पोखरी बनेको छ’, लोहनीले भने, ‘हामी हरेक वर्ष ठूला प्रतियोगिता गर्ने सोचमा छौँ ।’ प्रतियोगितामा नेपाल पौडी संघले प्राविधिक सहयोग रहेको छ । यसअघि यहाँ ६ दिनसम्म राष्ट्रिय तथा जुनियर राष्ट्रिय टिमका १२ जना खेलाडीले प्रशिक्षण गरेका थिए ।

११ विघा क्षेत्रफल रहेको रिसोर्ट पर्यटकको रोजाइमा पर्दै आएको छ । यहाँ पौडी हबको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । ‘काठमाडौँ बाहिर मापदण्ड पुगेका पोखरी धेरै छैनन्’, उनले भने, ‘त्यही भएर प्रतियोगिता ल्याउन सकिएको छैन, अब हामी ल्याउँछौँ ।’ नेपाल पौडी संघले पनि नियमित कार्यक्रममा पारेर प्रतियोगिता गर्न लागेको उनले बताए ।

October 28, 2025

राष्ट्रिय खुला पौडीमा १ सय बढी खेलाडीले भाग लिने

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक‌ […]

September 24, 2025

१६ खेलाडीसहितको पौडी टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद)- ‌एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]

August 14, 2025

नेपाली खेलाडीले विश्व एक्वेटिक जुनियर च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीले‌रो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]

Success

Thank you for your time.