default_image

9 years ago

June 1, 2017

‘भलिबल’ नेपालको राष्ट्रिय खेल

3901 views

0 Bookmark

रोशन श्रेष्ठ
नेपाल भलिबल संघको २०६८ साल साउनमा पोखरामा सम्पन्न पाचौं बार्षिक साधारण सभाले नेपालको राष्ट्रिय खेल भलिबल हुनुपर्छ भन्दै नेपाल सरकारमा निवेदनसहित पहल गर्न सर्वसम्मत निर्णय गरेको थियो । त्यो संस्थागत रुपले निर्णय गरेको अभियानले अन्ततः ६ वर्ष पछि नेपाल सरकार मन्त्री परिषद्को २०७४ जेठ ८ गते बसको बैठकले नेपालको राष्ट्रिय खेल अब भलिबल हुने भन्ने निर्णय गरेपछि त्यसले नेपाली खेलक्षेत्रमा तरंग पैदा गरेको छ ।

६ वर्षदेखि विभिन्न वर्ग, क्षेत्रमा व्यक्तिगत र संस्थागत पहल कदमी गरिरहेको  हुनाले म नेपाल सरकारको सहि निर्णय प्रति हार्दिक आभार व्यक्त गर्दछु । मलाई याद छ पोखराको बैठक घान्द्रुक पदयात्रामा हिडिरहेको बिहानको समयमा अन्नपूर्ण एफएम बाट पोखराका  पत्रकार दिपेन्द्र श्रेष्ठले फोन गरी लिएको प्रत्यक्ष अन्तवार्तामा मैले भनेको थिए, नेपालको राष्ट्रिय खेल भलिबल नै हुनुपर्छ भन्ने संघले प्रष्ट निर्णय गरेको छ ।

रोशन श्रेष्ठ

त्यस्तै २०६८ माघमा पूर्वाञ्चल क्षेत्रिय महिला भलिवल छनोट प्रतियोगिताको सिलसिलामा सोलुखुम्वु एफएम १०१.२ मेगाहर्जले तत्कालिन महासचिव विरेन्द्र खड्रका र मसँग लिएको अन्तवार्तामा हामीले भलिबललाई राष्ट्रिय खेल हुनुपर्छ भनि आवाज वुलन्द गरेका थियौं ।  त्यतिमात्र होइन पटक पटक हामीले भलिबललाई राष्ट्रिय खेल बनाउनका लागि अभियान नै चलाएका थियौं ।

खेलकुदका सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय र सरकार समक्ष हामीले आफ्नो मागलाई लगातार उठाइरह्यो । सरकारले गरेको निर्णय सुन्ने वित्तिकै युवा तथा खेलकुद मन्त्रालय पुगे, खेलकुद मन्त्री दलजित श्रीपाईली, सचिव महेशप्रसाद दाहाल ज्यू विदेशमा हुनु भएको कारणले उहाहरुसँग भेट भएन ।

मन्त्रालय निमित्त सचिव तथा खेलकुद मन्त्रालयकै प्रवक्ता रामप्रसाद थपलिया र उपसचिव रविप्रसाद दवाडीलाई मन्त्रालयप्रति आभार व्यक्त गरे । म त्यहि पुगेको बखत बिबिसीसँगको टेलिफोन अन्र्तवार्तामा मन्त्रायलका प्रवक्ता थपलियाले नेपालको ७५ जिल्ला, हिमाल, पहाड र तराई सबै कुना कन्दरामा खेलिने, सर्व सुलभ, सस्तो, लोकप्रिय, मित्रता र सदभाव बढाउने टिममा खेलिने खेल भलिवल भएको ठहर गरी मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पठाइएको हो भन्ने सुन्दा खुसीको सिमा रहेन । सरकारले उपयुक्त खेललाई नै नेपालको राष्ट्रिय खेल घोषणा गरेको छ ।

अभियानको एउटा चरण पुरा भएको छ । अब संघमाथि जिम्मेवारी अझै थपिएको छ । भलिबललाई कसरी प्रवद्र्धन गर्ने ? राखेप, मन्त्रालय, नेपाल ओलम्पिक कमिटि (एनओसी),सात प्रदेशका खेलप्रमीको भावनालाई समन्वय गर्दै गाउँ, शहर, नगर, क्षेत्रिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमै नेपाली भलिबलको स्तरोन्नतीका लागि काम गर्नुपर्ने समय आएको छ ।

volleyball-shot

अब संघको पूर्ण बैठकले कम्तिमा १० वर्षे कार्ययोजना तय गर्नु पर्दछ । भलिबलको अहिलेको नेतृत्व, यसअघि लामो समय संघको नेतृृत्व गरेका गंगाबहादुर थापा, निवर्तमान अध्यक्ष दानबहादुर तामाङलगायत पुराना भलिबलकर्मीको अनुभवबाट प्रेरित हुँदै भलिबल अघि बढाउनु आवश्यक छ ।

संघले आउँदा दिनमा भलिबल एकेडेमी बनाउने, प्रशिक्षण केन्द्रहरु निर्माण गर्ने, व्यापारिक प्रतिष्ठानलाई भलिबलमा प्रायोजन गर्ने वातावरण सृजना गर्ने, भलिबललाई व्यवसायिक खेलका रुपमा विकास गर्ने कामको थालनी गर्नुपर्दछ । भलिबललाई रुचाउने समूह, क्रियासिल क्लब, स्कुल, कलेज, विश्वविद्यालय, गाउँ नगरका साथै विदेशमा भएका नेपालीलाई पनि साथथमा लिएर भलिबल विकासको पाइला अघि बढाउनु अबको आवश्यकता हो ।

भलिबललाई राष्ट्रिय खेल घोषण गर्नुपर्दछ भन्नै आवाज उठाउने, खेलाडी, भलिबल प्रेमी सबैलाई हामीले धन्यवाद दिनै पर्दछ । भलिबलका लागि राम्रो दिनको सुरुआत भएको संकेतका रुपमा राष्ट्रिय खेल घोषणालाई ग्रहण गर्दै आउँदा दिनमा अझै विकासमा लाग्ने प्रण हामी सबैले गर्नुपर्दछ । भलिबललाई माया गर्ने सबैप्रति नमन ।
जय भलिबल

लेखक श्रेष्ठ भलिबल संघका केन्द्रिय सदस्य हुन् ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.