10 years ago
December 15, 2015
महाशिवरात्रीको पावन अवसरमा लामो समयदेखि पुरुष भलिबल प्रतियोगिता गर्दै आइरहेको पदमोदय युवा क्लबले यसपालि प्रतियोगितालाई अन्तराष्ट्रियकरण गर्ने भएको छ ।
क्लबले पर्यटकीय नगरी भरतपुर–२७, पदमपोखरीमा पटिहानीमा आउ“दो फागुन २३ देखि २६ गतेसम्म ‘पदमोदय अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता–२०७२’ आयोजना गर्न लागेको अध्यक्ष रामहरि सेढाईंले जानकारी दिए । सेढाईंको अध्यक्षतामा वुधबार सम्पन्न कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठकले सो प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । प्रतियोगितामा ३ विदेशी र ३ स्वदेशी टिमसहित ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसअन्तर्गत भारत, बङ्गलादेश र भुटान गरी ३ विदेशी टिम र विभागीय टोलीहरु नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीफ क्लब र नेपाली सेनाको टिम गरी ३ स्वदेशी टिमले राउन्ड रोबिन लिगको आधारमा १९ वटा म्याच खेल्नेछन् । प्रतियोगितामा पहिलो हुनेलाई डेढ लाख रुपैया“, दोस्रो हुनेलाई १ लाख र तेस्रो हुनेलाई ५० हजार पुरस्कार दिइनेछ । प्रतियोगिता सम्पन्न गर्न करिब २५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । यसअघि क्लबले गतवर्ष पहिलो पटक राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको थियो । यस्तै बैठकले क्लबको साधारणसभा यही पुस ४ गते गर्ने निर्णयसमेत गरेको छ ।
December 7, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लब झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि उचालेको हो । प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो । उपाधिसँगै पुलिसले नगद दुई लाख, ट्रफी, मेडल र […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]