default_image

5 years ago

April 11, 2019

कुस्ती : प्रदेश ७ लाई तीन स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश नं. ७ कुस्तीमा तीन स्वर्ण हात पार्न सफल भएको छ । प्रदेश ७ का मनिषा सिंहले ५० केजी तौल समूहमा स्वर्ण हात पारिन । यस समूहमा सेनाकी लक्ष्मी तामाङले रजत र प्रदेश ५ की सविता श्रेष्ठले कास्य जितिन् । यस्तै ५३ केजीमा प्रदेश ७ की सिमाङ्खी […]

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश नं. ७ कुस्तीमा तीन स्वर्ण हात पार्न सफल भएको छ ।

प्रदेश ७ का मनिषा सिंहले ५० केजी तौल समूहमा स्वर्ण हात पारिन । यस समूहमा सेनाकी लक्ष्मी तामाङले रजत र प्रदेश ५ की सविता श्रेष्ठले कास्य जितिन् । यस्तै ५३ केजीमा प्रदेश ७ की सिमाङ्खी दुवेले स्वर्ण, सेनाकी कोपिला थापा मगरले रजत र प्रदेश १ की राधा कुमारी खत्वेले कास्य पाए ।

५५ केजी तौलमा प्रदेश ७ की संगीता धामीले स्वर्ण हात पार्दा प्रदेश ५ की सपना श्रेष्ठले रजत र प्रदेश १ की अमृता लिम्बुले कास्य पाईन् । यस्तै ५७ केजी र ५९ केजीमा सेनाले स्वर्ण हात पार्यो । ५७ केजीमा सेनाकी कल्पना विकले स्वर्ण तथा दोश्रो स्थानमा ७ नं प्रदेशकी अम्बिका भण्डारी र तेश्रो स्थानमा प्रदेश ५ की श्रृजना चन्द रहिन् ।

यसैगरि ५९ केजीमा सेनाकी कविता पुनले स्वर्ण हात पार्दा प्रदेश ७ की कमल खत्रीले रजत र प्रदेश १ की लक्ष्मी उराले कास्य पाईन् । २० स्वर्णका लागि भएको प्रतियोगिताको बाँकी खेलका फाइनल भोली बिहान हुने कार्यक्रम रहेको छ ।

April 18, 2024

राष्ट्रपति रनिङ सिल्ड – सुदूरपश्चिम टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले पहिलो पटक केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार टिम च्याम्पियन बनेको छ । १४ औं संस्करणमा १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदकका साथ सुदूरपश्चिम च्याम्पियन बनेको हो । बागमती प्रदेश १७ स्वर्ण, १३ रजत र १५ कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको कर्णाली प्रदेशले १० स्वर्ण, ५ […]

April 16, 2024

हाइजम्पमा गणेशको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा‌ गण्डकी प्रदेशका गणेश विकले १४औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत हाइजम्पमा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान सहित स्वर्ण पदक जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको स्पर्धामा गणेशले १ दशमलव ८१ मिटर जम्प गर्दै नयाँ रेकर्ड आफ्नो नाममा लेखाए। उनले २०७५ सालमा लुम्बिनीका प्रभु थारुले बनाएको […]

April 14, 2024

बागमती अन्तर प्रदेश खेलकुदमा टिम च्याम्पियन

हेटौंडा (हाम्रो खेलकुद) – बागमती प्रदेश प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गरेको अन्तरप्रदेश खेलकुदमा ६१ स्वर्ण पदक जित्दै बागमती च्याम्पियन बनेको हो । बागमतीले ४३ रजत र ३६ कांस्य पदकका साथ कुल १ सय ४० पदक जितेको छ । त्यस्तै २१ स्वर्ण, २१ रजत र […]

Success

Thank you for your time.