default_image

5 years ago

April 12, 2019

स्क्वास : अमृत र प्रविन फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका अमृत थापामगर र प्रदेश ३ का प्रविनविर कंसकार आठौं राष्ट्रिय खेलकुद अन्तरगत ११औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्सको फाइनलमा प्रवेश गरेका छन् । ललितपुर सातदोबाटोस्थित स्क्वास एकेडेमीमा शुक्रबार भएकाे सेमिफाईनलमा अमृतले प्रदेश २ का दिपक थापालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिनजिक पुगेका हुन् । अमृतले दीपकमाथि ११–६, ११–३ […]

57 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका अमृत थापामगर र प्रदेश ३ का प्रविनविर कंसकार आठौं राष्ट्रिय खेलकुद अन्तरगत ११औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्सको फाइनलमा प्रवेश गरेका छन् ।

ललितपुर सातदोबाटोस्थित स्क्वास एकेडेमीमा शुक्रबार भएकाे सेमिफाईनलमा अमृतले प्रदेश २ का दिपक थापालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिनजिक पुगेका हुन् । अमृतले दीपकमाथि ११–६, ११–३ र ११–८ को सोझो सेटमा जित निकाले ।

प्रदेश ३ का प्रविन विर कंसकारले आफ्नै प्रदेशका राजेन्द्र शाक्यलाई ३-२ काे प्रतिस्पर्धामा पछि पार्दै उपाधि नजिक पुगे । प्रतिस्पर्धात्मक बनेकाे खेलमा पहिलाे सेट प्रविनले ६-११ ले गुमाएकाे थिए। दाेस्राे र तेस्राे सेट प्रविनले ११-४ र ११-७ ले पराजित गरे ।

चाैथाे सेट राजेन्द्रले १५-१३ ले जितेपछि खेल २-२ सेटकाे बराबरीमा पुगेकाे थियाे । तर, अन्तिम सेट प्रविनले ११-७ ले जित्दै फाइनलमा पुग्न सफल भए । फाइनल खेल शनिबार हुने नेपाल स्क्वास संघले जनाएको छ ।

April 18, 2024

राष्ट्रपति रनिङ सिल्ड – सुदूरपश्चिम टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले पहिलो पटक केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार टिम च्याम्पियन बनेको छ । १४ औं संस्करणमा १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदकका साथ सुदूरपश्चिम च्याम्पियन बनेको हो । बागमती प्रदेश १७ स्वर्ण, १३ रजत र १५ कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको कर्णाली प्रदेशले १० स्वर्ण, ५ […]

April 16, 2024

हाइजम्पमा गणेशको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा‌ गण्डकी प्रदेशका गणेश विकले १४औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत हाइजम्पमा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान सहित स्वर्ण पदक जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको स्पर्धामा गणेशले १ दशमलव ८१ मिटर जम्प गर्दै नयाँ रेकर्ड आफ्नो नाममा लेखाए। उनले २०७५ सालमा लुम्बिनीका प्रभु थारुले बनाएको […]

April 14, 2024

बागमती अन्तर प्रदेश खेलकुदमा टिम च्याम्पियन

हेटौंडा (हाम्रो खेलकुद) – बागमती प्रदेश प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गरेको अन्तरप्रदेश खेलकुदमा ६१ स्वर्ण पदक जित्दै बागमती च्याम्पियन बनेको हो । बागमतीले ४३ रजत र ३६ कांस्य पदकका साथ कुल १ सय ४० पदक जितेको छ । त्यस्तै २१ स्वर्ण, २१ रजत र […]

Success

Thank you for your time.