3 years ago
June 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ओलम्पियनहरुको छाता संगठन नेपाल ओलम्पियन एसोसिएसन (एनओए) ले ओलम्पिक दिवस २०२२ को अवसरमा हालसम्म नेपालबाट ओलम्पिक खेलेका खेलाडीहरुको पुनर्मिलनसँगै ५ विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

एसोसिएसनले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ओलम्पिक दिवसको अवसरमा असार ५ गतेदेखि ९ गतेसम्म विविध ५ कार्यक्रम हुने जानकारी गराएको छ ।
जसअन्तरगत ५ गते आइतबार एभीएम स्कुल ललितपुरमा एसोसिएसन र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) बीच मैत्रीपूर्ण टेवल टेनिस हुनेछ । ६ गते सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एसोसिएन, एनएनआइपिए र नेपाल खेलकुद पत्रकार मञ्चबीच मैत्रीपूर्ण फुटबल हुनेछ ।
७ गते मंगलबार ओलम्पियन पुनर्मिलन कार्यक्रम हुनेछ । एसोसिएसनका अध्यक्ष दीपक विष्टले ओलपिम्पयन पुनर्मिलन कार्यक्रममा सन् १९६४ को टोकियो ओलम्पिकदेखि २०२० को टोकियो ओलम्पिकसम्मका ओलम्पियनहरुलाई एउटै थलोमा उपस्थित गराउने लक्ष्यसहित कार्यक्रम गर्न लागेको बताए ।

‘स्वदेश तथा विदेशमा रहेका ओलम्पियनहरुलाई पनि समेट्ने प्रयास गर्नेछौैं । ओलम्पियनहरु प्रायः अमेरिका, बेलायत, अष्ट्रेलिया र क्यानडा लगायतका देशमा रहेका छन् । हामीले सबैलाई समेट्ने प्रयास गरेका छौं । समय के हुन्छ, त्यसले पनि प्रभाव पार्नेछ । हामी कार्यक्रमलाई प्रत्यक्ष प्रसारण पनि गर्नेछौं । ओलम्पियनसँग अनलाइन अथवा समूहमार्फत जोड्नेछौं ।’ अध्यक्ष विष्टले भने, ‘धेरै ओलम्पियनलाई हामीले पनि देखेका छैनौ । त्यसैले हाम्रो परिवार सबै भेटेर सेयर ग¥यौं । पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहन हो ।यो नयाँ र ऐतिकासिक कार्यक्रम आँटेका छौँ । अब हरेक वर्ष यो कार्यक्रम गर्ने सोच राखेका छौँ ।’
ओलम्पिनहरुबीच भाइचारा अभिवृद्धि, ओलम्पिक मुभमेन्टका बारेमा समाजलाई जागृत र सुसूचित गर्ने अनि मुलुकभित्रको खेल विकासमा ओलम्पिनहरुको पनि भूमिका र जिम्मेवारीको बारेमा छलफल गरिने अध्यक्ष विष्टले बताए ।
पुनर्मिलन कार्यक्रम दौरान अग्रज ओलम्पियनलाई सम्मान र भौतिक उपस्थिति नरहने ओलम्पियनलाई पनि विशेष सम्मान रहने संघले जनाएको छ । नेपालमा हालसम्म विभिन्न खेलबाट ८८ ओलम्पियन रहेका छन् । जसमध्ये १० जना ओलम्पियनको निधन भइसकेको छ ।
८ गते बुधबार स्कुल टु ओलम्पिक कार्यक्रम हुनेछ । काठमाडौंमा जेम्स स्कुलमा विद्यार्थी र ओलम्पियनबीच अन्र्तक्रिया कार्यक्रम हुनेछ । देशैभरका स्कुलमा यो कार्यक्रम गरिनेछ । ९ गते बिहीबार नेपाल ओलम्पिक कमिटिसँगै ओलम्पिक दिवस संयुक्त रुपमा मनाइने एसोसिएसनले जनाएको छ ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]