3 years ago
June 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) की कीर्तिमानी पौडी खेलाडी गौरिका सिंह र ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले एनओसी अवार्ड प्राप्त गरेका छन् ।

नेपाल ओलम्पिक कमिटि (एनओसी) ले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा प्रदान गरेको अवार्डमा गौरिकाले महिलातर्फ तथा प्रिन्सले पुरुषतर्फ उक्त अवार्ड प्राप्त गरेका हुन् ।
उनीहरुले अवार्डसँगै ५० हजार रुपैया प्राप्त गरेका छन् । उत्कृष्ट प्रशिक्षक महिलामा तेक्वान्दोकी संगिना वैद्य तथा पुरुषमा गल्फका दीपक थापा मगरले अवार्ड हात पारे । तेक्वान्दो संघ उत्कृष्ट संघ ठहरिएको छ ।
यस्तै एनओसीले चार जना खेलकुद पत्रकारलाई एनओसी अवार्ड प्रदान गरेका छन् । कान्तिपुर टेलिभिजनकी सविना कार्कीले एनओसी बेस्ट भिजुअल जर्नालिस्ट अवार्ड प्राप्त गरिन् । यस्तै कान्तिपुर दैनिकका खेल पत्रकार राजु घिसिङले एनओसी बेस्ट प्रिन्ट जर्नालिस्ट अवार्ड प्राप्त गरे ।

बीबीसीका खेल पत्रकार निरन्जन राजवंशीले एनओसी बेस्ट मल्टिमिडिया जर्नालिस्ट अवार्ड प्राप्त गरे । त्यस्तै राजेन्द्र चित्रकारले एनओसी बेस्ट स्पोर्ट्स फोटो जर्नालिस्ट अवार्ड प्राप्त गरे ।
एनओसी प्रेसिडेन्टन रिकगनाइजेसन अवार्डबाट राखेपका पुर्व सदस्यसचिव स्वर्गिय शरदचन्द्र शाह, ओलम्पिक कमिटिका पुर्व अध्यक्ष स्वर्गिय रुक्म शम्शेर राणा, पुर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, ओलम्पिक कमिटिका मानार्थ अध्यक्ष ध्रुव बहादुर प्रधान, स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णु गोपाल श्रेष्ठ, सिनियर खेल पत्रकार श्याम चित्रकार, एनओसीका सल्लाहकार लोक भक्त राणा, नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक विजेता तथा ओलम्पियन जित बहादुर केसी, दक्षिण एसियाली खेलकुद (साग) कीर्तिमानी खेलाडी बैकुण्ठ मानन्धर, पहिलो महिला ब्ल्याक बेल्टधारी सुधा सेन मल्ल र महिला राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी सम्मानित भएका छन् ।
अवार्ड विजेतालाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसीका निर्देशक चतुरानन्द राजवैद्य, महासचिव निलेन्द्रराज श्रेष्ठ लगायतले अवार्ड प्रदान गरे ।
एनओसीले पहिलोपटक ओलम्पिक दिवसको अवसर पारेर अवार्डको आयोजना गरेको हो । यस्तै एनओसीले दराज अनलाइन, केल्मी नेपाल र शिखर इन्स्योरेन्सलाई पनि सम्मानित गरेको छ ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]