default_image

3 years ago

March 2, 2023

कराते महासंघको निर्वाचत चैत ११ मा

550 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई सर्वाधिक पदक दिलाउने खेल मध्येको एक करातेको अभिभावक संस्था नेपाल कराते महासंघको निर्वाचन अर्को महिना हुने तय भएको छ ।

विगतमा लामो समयको विवाद र अन्य कारणले एक दशक भन्दा लामो समयदेखि निर्वाचन हुन नसकेको महासंघले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएयता नयाँ नेतृत्व पाउने भएको छ । पूर्नगठित महासंघलाई वैशाख १२ गते भित्र विधान मस्यौदा तयार गरि राखेपको स्वीकृतीमा साधारण सभा एवं निर्वाचन गर्ने जिम्मेवारी दिएको थियो ।

लामाको नेतृत्वमा रहेको तदर्थ समितिले राखेपबाट विधान स्वकृती गराएर निर्वाचन प्रक्रिया अघि बढाएको हो । राखेपले दिएको ३ महिनाको समय सिमाको १ महिना अघि नै निर्वाचन हुने भएको छ । महासंघले चितवनमा चैत ११ गते साधारण सभा तथा त्यसअघि र पछि अन्य दुई कार्यक्रम गर्ने तयारी गरेको अध्यक्ष लामाले जानकारी दिए । चैतको ७ देखि १३ गते सम्म साधारण सभासहित अन्य कार्यक्रम हुनेछन् ।

जस अनुसार चैत ७ देखि ११ गते सम्म बागमती प्रदेशका झण्डै २ सय प्रशिक्षकलाई विद्यालय शिक्षक प्रशिक्षण कोर्ष सन्चालन हुनेछ । त्यस्तै चैत ११ गते साधारण सभा र कराते प्रशिक्षकको मास्टर मिटको उद्घाटन हुनेछ । मास्टर मिट १३ गते सम्म चल्ने छ । साधारण सभा र मास्ट मिटको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने तय भएको अध्यक्ष लामाले जानकारी दिए । राखेपका सदस्य सचिव टंकलाल घिसिङका साथ लामाले आइतबार प्रधानमन्त्री दहाललाई साधारण सभा उद्घाटन लागि निमन्त्रणा गरेका थिए ।

विगतमा नेपाल कराते महासंघको दुई वटा कार्यसमिति सक्रिय थियो । जसमा एउटालाई नेपाल ओलम्पिक कमिटी (एनओसी) ले र अर्कोलाई राखेपले मान्यता दिएको थियो । पछि दुवैलाई महासंघलाई एक बनाएपनि त्यसले गति लिन सकेन । त्यो समितिले निर्वाचन पनि गर्न सकेन । पछिल्लो समय पूर्नगठित महासंघले एसियाली खेलकुदका लागि फागुन ५ र ६ गते खेलाडी छनोट प्रतियोगिता पनि सम्पन्न गरिसकेको छ ।

२५ सदस्यीय कार्यसमितिको चयन हुने

महासंघको नयाँ विधान अनुसार साधारण सभाले २५ सदस्यीय कार्यसमितिको निर्वाचन गर्नेछ । यद्दपी त्यसलाई साधारण सभाले थपघट गर्न भने सक्नेछ । महासंघको निर्वाचनमा केन्द्रिय कार्यसमिति, प्रदेश र अफिसियल ४ कराते संघ (सितोरिया, सोतोकान, गोजुरियो र वादोरियो) का प्रतिनिधिले भाग लिन पाउनेछन् ।

अध्यक्ष लामाका अनुसार हाल केन्द्रिय समितिमा रहेका २१, ७ प्रदेशबाट समान ५ र ४ करातेबाट समान ५ प्रतिनिधि गरि कुल ७६ जनाले साधारण सभामा भाग लिन पाउनेछन् । जिल्लाबाट चयन भई आएका प्रतिनिधिले प्रदेश प्रतिनिधिको चयन गर्नेछन् ।

नयाँ विधानको मस्यौदा अनुसार हरेक प्रदेशबाट एक जना केन्द्रिय सदस्य निर्वाचित हुनेछन् । केन्द्रिय साधारण सभा अघि नै हरेक प्रदेशले आफ्नो केन्द्रिय सदस्यको चयन गर्नेछ । ती निर्वाचित केन्द्रिय सदस्यबाहेक साधारण सभाका सबै प्रतिनिधिले निर्वाचनमा प्रतिस्पर्धा गर्न लामाले बताए । महासंघको साधारण सभासहित विभिन्न कार्यक्रम आयोजनाका लागि अध्यक्ष लामाले केहि दिनअघि चितवनको सम्भावित कार्यक्रमस्थलको निरीक्षण गरेका थिए ।

त्यसक्रममा लामा बागमती प्रदेश कराते प्रमुख एवंम् चितवन कराते संघका अध्यक्ष गगन लामा र बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य एवंम चितवन खेलकुद विकास समितिका अध्यक्ष उत्तम जोशीलगायतका प्रशिक्षकहरुका साथमा नारायणी किनार, सौरहा, पटिहानी स्टेडियम पुगेका थिए । सोही क्रममा टोलीले भरतपुर महानगरपालिकाकी मेयर रेनु दहालसँग भेटी कार्यक्रमको बारेमा जानकारी गराएको थियो ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.