2 years ago
March 2, 2024
काठमाडौं (हाम्रो खेलकुद)– पार्वती थापाको अध्यक्षतामा नेपाल मिक्स मार्सल आर्ट महासंघ गठन भएको छ । तदर्थ समितिको तीन उपाध्यक्षमा डिजन पिया, श्रवणबाल तामाङ र युनिस अवाल छन् ।
त्यस्तै पूर्व मिस नेपाल सदिच्छा श्रेष्ठ महासचिवमा , युउटा विष्ट, शान्ती कक्षपति सचिवमा र अनिल श्रेष्ठ कोषध्यक्षमा अनिल छन् । त्यस्तै १५ सदस्यीय समितिमा अतित भण्डारी, महेन्द्र घले, कवि कृष्ण मधकर्मी, बालगोपाल साह ठकुरी, दिल बहादुर थोकर, निरज सापकोटा र भुपेश शाक्य सदस्य छन् ।
महासंघको सल्लाहकारमा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश कक्षपति रहेका छन् । तदर्थ समितिले विधान मस्यौदा पारित गरि राष्ट्रिय खेलकुद परिष्द्मा दर्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको महासंघले जनाएको छ ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]