1 year ago
November 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दसौं राष्ट्रिय खेलकुदसहित विविध विषयहरुमा छलफल गर्न शुक्रवार डाकिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १ सय १८ औं बोर्ड बैठक गणपूरक संख्या नपुगेर स्थगित भएको छ।
झन्डै १५ महिनापछि बोलाइएको राखेप बोर्ड बैठक बस्न नसकेको हो। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुदमन्त्री भएयता पहिलो पटक राखेप बोर्ड बैठक बस्ने तयारीमा थियो। चौधरी मन्त्री नियुक्त भएको ४ महिना भन्दा बढी भइसकेको छ।
३७ सदस्यीय बोर्डमा १७ जनाको मात्र उपस्थिति रहेका कारण बैठक स्थगित भएको राखेपका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । बैठकका लागि १९ गणपुरक संख्या हो ।
२०७९ साल कात्तिकमा गण्डकी प्रदेशको पोखरामा नवौं राष्ट्रिय खेलकुदको समापनमा २०८१ मंसिर २ देखि ९ गते सम्म दसौं आयोजना हुने घोषणा गरिएको थियो। तर त्यो समय बितिसक्दा राखेप भने बोर्ड बैठक बस्ने तयारीमा जुटेर पनि स्थगित भएको छ।
युवा तथा खेलकुदमन्त्री अध्यक्ष रहने बोर्ड बैठकका लागि दसौं राष्ट्रियसहित राष्ट्रिय खेलकुदको प्रतियोगिता २०७९ संचालन निर्देशिका संसोधन, प्रथम पारा राष्ट्रिय खेलकुद २०८१, विश्वविद्यालय खेलकुद, जुनियर खेलकुद प्रतियोगिता कार्यविधि र राष्ट्रपति रनिङ्ग शिल्ड सम्बन्धमा एजेण्डा तय भएको थियो।

त्यसै गरी बैठकमा राखेप विनियमावलीलाई समेत प्रस्तावको रुपमा अघि सारिएको थियो। जस अन्तर्गत राखेपमा कार्यरत कर्मचारीहरुको सेवाका शर्त र सुविधा सम्वन्धि विनियमावली, आर्थिक प्रशासन विनियमावलीलाई समेत एजेण्डालाई बैठकमा छलफल हुने जनाइएको थियो ।
बैठकमा विद्यालय खेलकुद पाठ्यक्रम, सिएसआर र खेलाडी आवासका बारेमा समेत छलफल हुने बताइएको थियो ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]