default_image

1 year ago

December 2, 2024

अदालतको अन्तरिम आदेश कार्यान्वयन गर्न एनओसीलाई राखेपको पत्र

550 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले विधान संशोधनका लागि मंगलवार विशेष साधारणसभा डाकेको छ ।

तर राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उच्च अदालत पाटनको अन्तरिम आदेशलाई आधार मानेर साधारण सभा नगर्न सोमवार पत्राचार गरेको छ।

विधान संशोधनका लागि तय भएको विशेष साधारण सभा गर्दा रिट निवेदकहरुको विचाराधिन मुद्धामा समेत प्रतिकूल असर पर्न सक्ने भई निवेदकहरुलाई अपूरणीय क्षति पुग्न सकिने देखिदा विधान संशोधन नगर्नु /नगराउनु, भनी विपक्षी एनओसीको नाउंमा अन्तरिम आदेश जारी भएको हुंदा साधारण सभा रोक्न भनिएको राखेपले जनाएको छ ।

उच्च अदालतको एनओसीलाई जानकारी गराउनु भन्ने आदेशका आधारमा पत्रचार गरिएको राखेपले जनाएको छ। पत्रसंगै उच्च अदालत पाटनबाट भएको आदेशको प्रतिलिपी समेत संलग्न गरी एनओसीमा पठाइएको राखेपको भनाई छ ।

उच्च अदालत पाटनमा नेपाल रग्बी संघ समेतले उत्प्रेषण परमादेश समेतको रिट दायर गरेकोमा त्यसमा सोमवार उच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो।

एनओसीको अध्यक्ष तेस्रो कार्यकालका लागि पनि हुन सक्नेसहित विविध विषयहरुमा छलफल गर्न एनओसीले विशेष साधारणसभा तय गरेको छ।

एनओसीका वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठको दोस्रो कार्यकाल पूरा भइसकेको छ । उनी तेस्रो पटक अध्यक्ष बन्नका लागि विधान संशोधनको तयारीमा जुटेको एनओसी पदाधिकारीले नै आरोप लगाउन थालेका छन् ।

विगतमा संसोधन गरिएको एनओसी विधानमा एकै व्यक्ति दुई पटक सम्म अध्यक्ष हुन पाउने व्यवस्था थियो। त्यसैलाई आधार मानेर दुई कार्यकाल अध्यक्ष भएर संघिय सांसद ध्रुवबहादुर प्रधान एनओसीबाट बाहिरिएका थिए।

अन्तर्राष्ट्रिय ओलिम्पिक काउन्सिल (आइओसी) ले साधारण सभाले विधान संशोधन गरेमा एकै व्यक्ति तेस्रो कार्यकालका लागि पनि अध्यक्ष हुन सक्ने बाटो खोलिदिएपछि एनओसीमा स्पष्ट दुई धार देखिएको छ । पछिल्लो घटनाक्रम र अदालतको आदेशपछि एनओसी राजनीति पेचिलो बन्ने सम्भावना बढेको छ।

आइओसीको चार्टर्डको‌ आधारमा स्थापना भएपनि एनओसी राष्ट्रिय संघकै हैसियतमा राखेपमा दर्ता भएको थियो।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.