default_image

11 months ago

January 3, 2025

एनओसीमा आबद्ध २७ संघलाई राखेपले सोध्यो स्पष्टीकरण

373 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल ओलम्पिक कमिटी (एनओसी) को‌ निर्वाचनमा भाग वा नलिएका सबै २७ राष्ट्रिय संघलाई शुक्रवार स्पष्टीकरण सोधेको छ।

सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै शनिवार अनलाइनमार्फत भएको निर्वाचनमा एनओसीमा आबद्ध २० संघका‌ प्रतिनिधिले मतदान गरेका थिए। निर्वाचनमा भाग लिए वा नलिएका सबै संघलाई राखेपले ३ दिन भित्र स्पष्टीकरण बुझाउन निर्देशन गरेको छ।

एनओसीले पटक‌ पटक‌ अदालतको आदेशको अवज्ञा र राखेपको निर्देशक अटेर गर्दै निर्वाचन गरेको थियो। उच्च अदालत पाटनको आदेश विरुद्ध हुने गरि मंसिरमा विशेष साधारणसभा गर्दै एनओसीले विधान संशोधन गरेको थियो।

त्यहि विधानलाई‌ टेकेर पुस १३ गते एनओसीले निर्वाचन गर्दा पुस ११ गते निर्वाचन नगर्नु नगराउनु भन्ने सर्वोच्च आदेशको‌ अवज्ञा गरेको थियो। सर्वोच्चको‌ आदेश पालन गर्नका लागि राखेपले राष्ट्रिय संघहरुलाई सुचना जारी गरेको थियो। तर २० जना प्रतिनिधिले त्यसको अटेर गर्दै मतदानमा भाग लिएका थिए।

संसोधित विधानका आधारमा जीवनराम श्रेष्ठ तेस्रो पटक एनओसी अध्यक्षमा निर्वाचन भएका थिए । अध्यक्ष बाहेक ७ उपाध्यक्ष, १ महासचिव, १ सह महासचिव, ३ सचिव र ५ सदस्य निर्विरोध निर्वाचित‌ भएको एनओसीले जानकारी दिएको थियो।

‘आफ्नै निर्वाचन नगरेर एनओसीमाको‌ निर्वाचनमा भाग लिएका र अधावधिक रहेर एनओसीको निर्वाचनमा भाग लिएका, निर्वाचन प्रक्रियामा भाग नलिएका सबैलाई स्पष्टीकरण सोधेका छौं,’ राखेप स्रोतले भन्यो, ‘सबैको उस्तै अवस्था छैन ।‌ २७ संघको एनओसीको निर्वाचनमा‌ के‌ कस्तो भूमिका रह्यो‌ भन्ने जवाफका‌ लागि स्पष्टीकरण आएपछि थाहा हुन्छ । त्यसपछि अन्य प्रक्रिया अघि बढ्नेछ।’

एनओसीमा आबद्ध सबै संघ राखेपमा दर्ता छन् । यद्दपी त्यसमा पनि केही संघ राखेपमा अलग र एनओसीमा अलग नेतृत्वमा अस्तित्वमा छन् । एनओसी आफै पनि राखेपका दर्ता छ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.