default_image

11 months ago

January 3, 2025

ई–स्पोर्टस राष्ट्रिय च्याम्पियनसिप फागुनमा

689 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो ई–स्पोर्टस राष्ट्रिय च्याम्पियनसिप फागुनमा आयोजना हुने भएको छ ।

इ–स्पोर्टस संघ नेपाल (इशान) ले शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप फागन ८ देखि १० गतेसम्म काठमाडौंमा आयोजना हुने जानकारी गराएको छ ।

च्याम्पियनसिपमा ई–फुटबल, मोबाइल लिजेण्ड्स, पब्जी मोबाइल, डोटा टू, भ्यालोरेन्ट र कस प्ले गरी ई–स्पोर्टको ६ विधा समावेश गरिएको इशानका अध्यक्ष अन्जन धमलाले जानकारी दिए ।

प्रतियोगिताको छनोट चरणका खेलहरु अनलाईनबाट हुनेछ भने अन्तिम चरणको खेल मात्र भौतिक रुपमा काठमाडौंको दशरथ रंगशालमा हुने इशानले जनाएको छ ।

अन्तिम चरणमा ई फुटबलमा ८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस्तै पब्जीमा १६ टोली, मोबाइल लेजेण्ड्समा २, डोटा टू र भ्यालोरेन्टमा पनि ४–४ खेलाडी अन्तिम चरणमा सहभागी हुनेछन् ।

इशानले प्रतियोगिताको म्यानेजमेन्ट र मार्केटिङका लागि सप्लाई अनलिमेटेडसँग तीन वर्षको सम्झौता गरेको छ । सम्झौता अनुसार स्पलाई अनलिमेटेड अन्तर्गत रहेको नेपाल प्लेजले प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन र बजारीकरण गर्नेछ ।

इशानका अध्यक्ष अन्जन धमलाले ई–स्पोर्टस विकासमा नेपाल प्लेजसँगको सहकार्यले फाइदा पुग्ने बताए । धमलाले नेपाल प्लेजसँग लामो समयसम्म सहकार्य गर्दै ई–स्पोर्टस विकासमा अघि बढ्ने बताए ।

‘इशानले छोटो समयमै विभिन्न स्थानिय राष्ट्रिय प्रतियोगिता आयोजना गरिसकेको छ । यो विश्वमै धेरै रिभेन्यु जेनेरेट गर्ने खेल बनिसकेको छ । नेपालमा पनि यसको राम्रो सम्भावना छ ,’ इशान अध्यक्ष धमलाले भने ।

नेपाल प्लेजमा एमडी उज्जेनलाल श्रेष्ठले नेपाली ई–स्पोर्टस कोशेढुंगा सावित हुने बताए । ‘हामी ई–स्पोर्टस समुदायलाई जसरी पनि अगाडि बढाउने भनेर लागिपरेका छौं । यो नेपाली ई–स्पोट्मै एउटा माइलस्टोन इभेन्ट बनाउने प्रयासमा छौं,’ श्रेष्ठले भने ।

च्याम्पियनसिपमा नेपालको ई–स्पोर्टस क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशी रहेको इशानले जनाएको छ ।

च्याम्पियनसिपको कुल पुरस्कार २५ लाख रुपैयाँ रहेको बताइएको छ । इशानका महासचिव पवन कार्कीले यो नेपाली ई–स्पोर्टकै सर्वाधिक पुरस्कार राशी रहेको बताए । यसैबाट ६ विधाका विजेता उपविजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरिनेछ ।

च्याम्पियनसिपमा सहभगी हुन चाहने खेलाडीहरुले पुस २० गतेदेखि खल्ती एपबाट नाम दर्ता गराउने सक्नेछन् । नाम दर्ता निःशूल्क गर्न सकिने जनाइएको छ ।च्याम्पियनसिपका लागि ३ करोड ७० लाख रुपैयाँ खर्च हुने उज्जेनलाल श्रेष्ठले जानकारी दिए ।

दोस्रो ई–स्पोर्टस च्याम्पियनसिपका लागि इशानले चलचित्रकर्मी तथा ई–गेमिङका प्रवर्धक समेत रहेका निश्चल बस्नेतलाई नियुक्त गरेको छ । पत्रकार सम्मेलनकै अवसरमा इशानले बस्नेतलाई ब्राण्ड एम्बासडरको रुपमा सार्वजनिक गरेको थियो ।

ब्राण्ड एम्बासडर बनेपछि निश्चलले ईस्पोट्र्स खेल मात्र नभएर राष्ट्रलाई नै प्रतिनिधित्व गर्ने भएकोले यसमा सबैले सहयोग गर्नुपर्ने बताए ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.