default_image

9 years ago

March 3, 2017

श्रेष्ठको अध्यक्षतामा खेलाडी संघको नयाँ कार्यसमिती गठन

173 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको चौथो साधारण सभा आज काठमाडौँमा सम्पन्न भएको छ। संघको साधारण सभाले निर्वाचनबाट अध्यक्षमा करातेका साग स्वर्णपदकधारी दीपक श्रेष्ठ निर्विरोध निर्वाचित गरेको हो। श्रेष्ठ यसअघिको कार्यसमितिमा महासचिवमा कार्यरत रहेका थिए ।

11

शुक्रबार भएको निर्वाचनले २० सदस्यीय कार्यसमितिमा गठन गर्यो। पाँच उपाध्यक्षमा केदारेश्वरमान स्थापित, दीपक महर्जन, हरि खड्का, कान्छिमाया कोजु र दीपक थापा रहेका छन्। संघको महासचिवमा शिवसुन्दर गोथे, उपमहासचिवमा मन्डेकाजी श्रेष्ठ र सचिवमा कमलबहादुर अधिकारी निर्वाचित भए। कोषाध्यक्षमा भने पछिल्लो कार्यसमितिमा जिम्मेवारी सम्हालेका उसुका आङबाबु लामानै कायम रहे।

संघका सदस्यहरुमा टिकाराम श्रेष्ठ, रमेश कुमार श्रेष्ठ, सरोज श्रेष्ठ, दिनेश श्रेष्ठ, भोला सिलवाल, निशा रावल, नविता श्रेष्ठ, फुपु ल्हामु खत्री, शिरिष गुरुङ्ग र फुलमाया क्याप्छाकी रहेका छन् । अध्यक्ष लगायत सवै निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचित सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत राष्ट्रिय खेलकुद परिषद संघ संस्था समन्वय शाखा प्रमुख डेम बहादुर बस्नेतले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

संघले विगतका दुई कार्यकाल सफलतापूर्वक सम्हालेका निवर्तमान अध्यक्ष दीपक बिष्टलाई उनको कार्यकालमा गरिएको कामको उच्च मुल्याङकन गर्दै संघको मानार्थ अध्यक्षमा चयन गरेको छ।

नव निर्वाचित अध्यक्ष दीपक श्रेष्ठले २७ सदस्यीय कार्यसमितिमा अब दुई उपाध्यक्ष र पाँच सदस्य भने नयाँ कार्यसमितिको बैठकले मनोनित गर्ने  जानकारी गराए ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.