default_image

8 years ago

June 21, 2017

एसियाली इन्डोर गेम्सका लागि कुराँस खेलाडी छनोट

154 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पाँचौं एसियाली इन्डोर गेम्सका लागि नेपाल कुराँस संघले ४ खेलाडी बुधबार छनोट गरेको छ । सेप्टेम्बरमा तुर्किमिनिस्तानको असगाबातमा हुने गेम्समा १ पुरुष र ३ महिला कुराँस खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषको ९० केजीमा दीपक छन्त्याल तथा महिलाको ७८ केजीमा अस्मिला छन्त्याल, ७३ केजीमा जयन्ती श्रेष्ठ र ४८ केजीमा प्रीति शर्माले प्रतिस्पर्धा गर्ने नेपाल कुराँस संघका अध्यक्ष दानबहादुर घिसिङले जनाएका छन् ।

यसैबीच ओलम्पिक डेका अवसरमा बुधबारै आयोजित कुराँस प्रतिस्पर्धाको पुरुषको विभिन्न स्पर्धामा किरण छन्त्याल, सन्देश छन्त्याल, दीपेश छन्त्याल र निरज अधिकारीले स्वर्ण जिते । महिलामा अनिता तामाङ, कृष्टि शर्मा र जयन्ती श्रेष्ठले आ–आफ्नो स्पर्धामा पहिलो स्थान हासिल गरे ।

विजेतालाई कुराँस संघका अध्यक्ष घिसिङ, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं कुराँस संघका महासचिव ध्रुवराज न्यौपाने, संघकी उपाध्यक्ष प्रतीक्षा खरेललगायलते पुरस्कृत गरे । एकदिने प्रतियोगितामा ४५ खेलाडी सहभागी थिए ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.