default_image

10 years ago

November 29, 2015

खेलाडी छनोट मंसिर मसान्तसम्म

200 views

0 Bookmark

राष्ट्रिय टिम तयारी तथा सहभागिता व्यवस्थापन समितिको बैठकले आसन्न १२ औा दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने विभिन्न २३ खेलका खेलाडी छनोट मंसिर मसान्तसम्म सम्पन्न गर्ने आइतबार निर्णय गरेको छ ।

2(2)

समितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टको अध्यक्षतामा विभिन्न २३ खेलका राष्ट्रिय संघका पदाधारीहरुको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले माघ २३ देखि फागुन ४ गतेसम्म भारतमा हुने सागमा सहभागी हुने खेल, खेलाडी, अफिसियललगायतको संख्या निर्धारण गर्ने पनि निर्णय गरेको छ ।

त्यस्तै पदकको सम्भावना बोकेका खेलका खेलाडीलाई आवश्यकता अनुसार वैदेशिक प्रशिक्षणको व्यवस्था मिलाउने, पुस ९ देखि माघ २० गतेसम्म बन्द प्रशिक्षण शिविर सञ्चालन गर्ने तथा सागको प्रशिक्षणको जिम्मेवारी पाएका प्रशिक्षकलाई पुनर्ताजगी तालिमको व्यवस्था गर्ने निर्णय गरिएको समितिका सचिव एवं राष्ट्रिय टिम तयारीका निर्देशक रिमबहादुर रानाभाटले जानकारी दिए ।

बैठकले १२ औं सागका लागि सदस्य–सचिव विष्टको संयोजकत्वमा १७ सदस्यीय कार्यकारी समिति गठन तथा विभिन्न ४ उपसमिति गठन गर्ने निर्णय समेत गरेको छ । चार उपसमितिहरुमा बसोबास व्यवस्थापन, यातायात व्यवस्थापन, खेल पोशाक तथा खेल सामाग्री व्यवस्थापन तथा अनुगमन तथा निरिक्षण उपसमिति रहेका छन् । अनुगमन तथा निरिक्षण उपसमितिको संयोजकमा राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पालेलाई संयोजक तोकिएको छ ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.