7 years ago
August 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा आयोजना हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुन नेपाली प्याराग्लाइडिङ टोली मंगलबार इन्डोनसिया प्रस्थान गरेको छ । नेपाली टिम थप प्रशिक्षणको लागि एसियाड शुरु हुनुअघि नै इन्डोनेसिया प्रस्थान गरेको हो ।
टिमलाई नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका केन्द्रिय महासचिब शैलेन्द्र राउत, नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठक लगायतले विदाई गरेका थिए ।
प्याराग्लाईडिङ खेलमा पुरुषतर्फ ५ जना र ३ जना महिला खेलाडीहरु गरि कुल ८ जना खेलाडी रहेका छन् । टिममा कान्छा उमेरका १६ वर्षिय खेलाडी युकेश गुरुङ पनि छन् । नेपाली प्याराग्लाइडिङ टिमले इन्डिभिजुअल एक्युरेसी, टिम क्रस कन्ट्री र टिम एक्युरेसीमा महिला पुरुष खेलाडीले छुट्टा–छुट्टै पदकका लागि भिड्ने छन ।
खेलाडीहरुमा बिमल अधिकारी (टिम कप्तान) बिशाल थापा, सुशिल गुरुङ, युकेश गुरुङ, बिजय गौतम र महिला खेलाडीहरुमा त्रिशा श्रेष्ठ, प्रतिमा भुजेल र सविता तामाङ रहेका छन् । टिमसँगै प्रशिक्षक योगेश भट्टराई पनि संगै प्रस्थान गर्दैछन् । नेपाली टिमका व्यवस्थापक शैलेन्द्र राउत र अर्का प्रशिक्षक सानुबाबु सुनुवार भने एक साता पछि त्यस तर्फ प्रस्थान गर्ने बताइएको छ । प्याराग्लाइडिङ खेल अगस्त १८ देखि ३० गते सम्म आयोजना हुँदैछ ।
प्याराग्लाइडिङमा खेल आयोजना हुने स्थानको हावाको चाप लगायतले पनि प्रभाव पार्ने हुनाले खेलाडीलाई त्यहाँ अभ्यस्त बनाउन एक साताअघि नै इन्डोनेसिया जना लागेको प्रशिक्षक योगेश भट्टराईले जानकारी गराए ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]