7 years ago
August 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा जारी १८औं संस्करणको एसियन गेम्स (एसियाड) को तेस्रो दिनको खेल सकिदा नेपालले निराशजनक प्रदर्शनलाई निरन्तरता दिएका छन् । एसियाडको तेस्रो दिन ८ खेलमा प्रतिस्पर्धा गर्दा नेपाल सहभागितामै सीमित बन्यो ।
पुरुष ब्याडमिन्टन टोली चाइनिज तोइपेइसँग क्वार्टरफाइनलमा निराश बन्यो । पदकको अपेक्षा गरिएको तेक्वान्दो प्रदर्शन झन बिर्सनलायक नै बन्यो । संगीता बस्यालले विपक्षीसँग डटेर प्रतिस्पर्धा गर्दा निमा गुरुङ र साग गुभाजु प्रतिद्धन्द्धीसामु निरिह नै बन्यो । सुटिङमा नेपालले सहभागिता जनाएको तीनै जना खेलाडीले अपेक्षाकृत प्रदर्शन गर्न सकेन ।
पौडीतर्फ ओलम्पियन गौरिका सिंह र टीसा शाक्य दुवै हिट चरणबाट बाहिरिए । टीसाले आफ्नो प्रदर्शनमा सुधार गरेपनि आफ्नो हिटमा पुछारमा रहिन् ।
उसुकी निमा घर्तीमगरले राष्ट्रिय कीर्तिमान बनाएपनि उनी १२ खेलाडी सहभागी महिलाको नान् ताउमा ११औं स्थान हासिल गरेकी छन् । निमाले ९.१७ अंक जोडिन् । पुरुष छान् छ्वानमा नेपालका युवराज थापा मगर २१औं स्थानमा तथा सान्सौंतर्फ पुरुष ५६ केजीमा पदम ठकुल्ला लाओसका खेलाडीसँग पराजित भए ।
साइक्लिङको डाउनहिलतर्फ नेपालका राजेश मगर सातौं स्थानमा रहे । नेपाल च्याम्पियन राजेश ९ खेलाडी रहेको यो स्पर्धामा सातौं स्थानमा रहेका हुन् । साइक्लिङको क्रस कन्ट्री रेस मंगलबार हुनेछ । यो विधामा महिलातर्फ लक्ष्मी राई र पुरुषतर्फ बुद्धिबहादुर तामाङले प्रतिस्पर्धा गर्दैछन् ।
लन टेनिसको महिला डबल्समा नेपालकी मायांका राणा र माहिका राणाको जोडी प्रिक्वाटरफाइनलमा पुग्नु नेपालको लागि ठुलो सफलता बन्यो । मायांका र माहिकाको जोडीले माल्दिभ्सका जोडीलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गरे । प्रिक्वाटरफाइनलमा उक्त जोडीले जापानसँग मंगलबार खेल्नेछिन् ।
पदकको आशा गरेको प्याराग्लाइडिङमा नेपालको सम्भावना कायम राखेको छ । व्यक्तिगत एक्युरेसीको पहिलो २ राउन्डको खेल सकिँदा नेपालका विजय गौतम तेस्रो स्थानमा छन् । मंगलबार तेस्रो राउन्डबाट खेल शुरु हुनेछ । छैटौ राउन्डसम्म यसैलाई निरन्तरता दिन सके नेपालले पदक जित्नेछ । पहिलो स्थानमा इन्डोनेसियाका मेगावान्तो जाफ्रो छन् । यस्तै दोस्रो स्थानमा थाइल्यान्डका विटेहाम जिरासाक छन् ।
एसियन गेम्सको तेस्रो दिन सकिदा १५ स्वर्णसहित कुल ३६ पदकसहित चीन शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको जापानले ८ स्वर्णसहित कुल ३० पदक जितेको छ । ५ स्वर्णसहित कुल २४ पदक जितेको दक्षिण कोरिया तेस्रो स्थानमा रहेको छ ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]