default_image

7 years ago

September 3, 2018

एशियाली पदक विजेता पाराग्लाईडिङ खेलाडी सम्मानित

472 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा सम्पन्न १८औं एशियाली खेलकुदमा नेपाललाई एक मात्र पदक जिताउन सफल प्याराग्लाइडिङका खेलाडी, प्रशिक्षक, व्यवस्थापक र संघलाई राष्ट्रिय खेलकुद परिषदले सम्मन गरेको छ ।  सोमबार राष्ट्रिय सभागृहमा आयोजना भएको सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले खेलाडीहरुलाई प्रशंसा पत्र सहित नगदले सम्मान गरेका हुन् ।

बिजयी खेलाडीहरुले नगद ५ लाख, प्रशिक्षकले ३ लाख, सहायक प्रशिक्षकले १ लाख ५० हजार र संघले नगद ६ लाख प्राप्त गरे ।
नेपाली प्याराग्लाइडिङले पहिलो सहभागीतामानै नेपालको लागि पदक दिलाउन सफल भएको थियो । नेपालले प्याराग्लाईडिङको क्रसकन्ट्रिमा रजत पदक हात पारेको हो । टिम ईभेन्ट्समा एशियाली खेलकुदमा पदक प्राप्त गरको यो नै पहिलोपटक हो ।

उक्त पदक जित्ने टोलीमा कप्तान बिमल अधिकारी, बिशाल थापा, सुशिल गुरुङ, बिजय गौतम तथा युकेश गुरुङ रहेका थिए ।
यसअघि खेलाडीहरुलाई बाजा गाजासहित बग्गीमा राखेर राखेप त्रिपुरेश्वर देखि न्यूरोडगेट, रत्नपार्क हुंदै कार्यक्रम स्थल राष्ट्रिय सभागृह लगिएको थियो ।


खेलाडीहरुलाई बधाई दिंदै मन्त्री सुनारले अपेक्षाकृत सफलता हात पार्न नसकेको र एक रजत पदकमानै चित्त बुझाउनु परेको भन्दै त्यसको समिक्षा गर्ने बताए । खेलकुदको हालको तयारी र पूर्वाधारमा खासै ठुलो उपलब्धि अपेक्षा नगरेको भन्दै जुन खेलबाट मेडलको आशा गरिएको थियो त्यसबाट बिमुख हुनु परेको बताए ।

पूर्वाधार र पर्याप्त लगानीनै उपलब्धिको आधार भएको मन्त्री सुनारले बताए । पाराग्लाईडिङ्गमा राज्यको लगानी नभएको भन्ने गुनो प्रति स्पष्ट पार्दै मन्त्री सुनारले मन्त्रालयको ध्यान यस खेल तर्फ गईसकेको बताए । खेलाडीहरुले जुन किसिमको उचित बाताबरण प्राप्त गर्नु पर्ने हो त्यो उपलब्ध हुन नसकेको बताए । हाम्रो जस्तो बिकसित देशलाई बिश्वसामु चिनाउने एक मात्र माध्ययम खेलकुद क्षेत्र भएको बताए ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.