default_image

7 years ago

January 19, 2019

एनओसीको नवौं साधारण सभा सुरु

176 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटि (एनओसी) को नवौं वार्षिक साधारण सभा सातदोबाटोस्थित एनओसी परिसरमा शनिबार सुरु भएको छ ।

विभिन्न २६ खेल संघका पदाधिकारी उपस्थित साधारण सभामा विभिन्न एजेण्डामा छलफल हुनेछ । कमिटिको वार्षिक बजेट प्रतिवेदन, महासचिव लामा टेण्डी शेर्पालाई उपचारका लागि भारत पठाउनेलगायत विषयमा साधारण सभामा छलफल हुनेछ ।

साधारण सभामा भारतमा सन् २०१६ मा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा पदक जित्ने १६ संघहरुलाई पनि सम्मान गरिएको छ । सागमा फुटबलको पुरुष टोलीसँगै उसुकी निमा घर्ति मगर र जुडोकी फुपुल्हामु खत्रीले स्वोर्ण जितेका थिए ।

गतवर्ष इन्डोनेसियामा भएको एसियाली खेलकुदमा ऐतिहासिक स्वर्ण पदक जित्न सफल प्याराग्लाईडीङ संघलाई पनि ओलम्पिकले २० हजार नगदसहित सम्मान गरेको छ । कमिटीले फोटोपत्रकार क्लब र नेपाल खेलकुद पत्रकार मंचलाई पनि ५० हजार रुपैयाँसहित सम्मान गर्यो ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.