default_image

7 years ago

March 17, 2019

सुजन र निर्माण प्रि–क्वाटरफाइनलमा

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंका सुजन ज्वारचन र काभ्रेका निर्माण बोगटी प्रथम साकुरा राष्ट्रिय स्नुकर च्याम्पियनसिपमा आइतबार प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सुजनले काठमाडौंका विनयसिंह ठकुरीलाई ४–० को फ्रेममा हराउदै अन्तिमा १६ मा पुग्न सफल भएका हुन् । त्यस्तै काभ्रेका निर्माण बोगटीले कास्कीका नवीन राणालाई ४–२ को फ्रेममा पछि पार्दै अन्तिम १६ को यात्रा तय गरे ।

काठमाडौंका सञ्जय व्यञ्जनकारले काठमाडौंका सुरेश डंगोललाई ४–३, भक्तपुरका प्रवीण शाक्यले नुवाकोटका सन्तोष पुटुवारलाई ४–३ तथा काठमाडौंका उदिप शाक्यले काठमाडौंका विनोद श्रेष्ठलाई ४–० को फ्रेममा हराउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.