default_image

3 years ago

May 29, 2021

युवा तथा खेलकुदको बजेटमा सामान्य वृद्धि

काठमाडौं (हाम्रो खेलकुद)– चालु आर्थिक वर्षमा भन्दा आर्थिक वर्ष २०७८/०७९ का लागि युवा तथा खेलकुद मन्त्रालयका लागि बजेटमा केहि बढोत्तरी भएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रुपैयाँं विनियोजन गरेको बताएका छन् । चालु आर्थिक वर्षमा मन्त्रालयका लागि २ […]

53 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– चालु आर्थिक वर्षमा भन्दा आर्थिक वर्ष २०७८/०७९ का लागि युवा तथा खेलकुद मन्त्रालयका लागि बजेटमा केहि बढोत्तरी भएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रुपैयाँं विनियोजन गरेको बताएका छन् ।

चालु आर्थिक वर्षमा मन्त्रालयका लागि २ अर्ब ३६ करोड विनियोजन गरिएको थियो । त्यसअर्थ आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयको बजेट चालु आर्थिक वर्षको भन्दा ३८ करोड रुपैयाँ थप भएको छ । अर्को आर्थिक वर्षमा नवौं राष्ट्रिय खेलकुद हुने कार्यक्रम रहेकोले पनि बजेटमा केहि बढोत्तरी भएको अनुमान गरिएको छ ।

बजेट भाषणमा मन्त्री पौडेलले झापाको दमकमा अन्तर्राष्ट्रिय स्तरको मदन भण्डारी रंगशाला दुई वर्ष भित्र तयार पारिने गरि निर्माण प्रारम्भ गरिने जानकारी दिए । मोरङको बैजनाथपुर, काठमाडौंको मुलपानी, रुपन्देहीको भैरहवा, दाङको लमही, बाँकेको नेपालगंज र कंचनपुरको महेन्द्रनगरमा क्रिकेट मैदान सम्पन्न गर्न आवश्यक रकम विनियोजन गरिएको उल्लेख गरे ।

आगामी वर्ष पोखरा रंगशाला निर्माण कार्य सम्पन्न गरिनेछ । सक्रिय खेल जीवनबाट निवृत्त खेलाडीलाई व्यवसाय संचालन गर्न सहुलियत दरको कर्जा उपलब्ध गराउने व्यवस्था पनि मिलाइएको छ । धनगढी, विरेन्द्रनगर, नेपालगंज, विरगंज, जनकपुरधाम र इटहरीमा प्रादेशिक रंगशाला निर्माण कार्य अगाडी बढाइनेछ । त्यस्तै हरेक स्थानीय तहमा खेल पूर्वाधार निर्माण गरिनेछ । आगामी आर्थिक वर्षमा १ सय ६८ स्थानीय तहमा खेल ग्रामको निर्माण गर्न रकम छुट्टयाइएको छ ।

सोलुखुम्बु, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ र जुम्लामा हाइ अल्टिच्युड स्पोर्ट्स सेन्टर निर्माण गर्न आवश्यक रकम व्यवस्था गरिएको छ । खेलकुद विद्यालयको सम्भाव्यताबारे पनि अध्ययन गरिनेछ । यस्तै नेपालको अन्तर्राष्ट्रिय सहभागिता बढाउने र सम्भावना बोकेको खेललाई प्रोत्साहन गरिने मन्त्री पौडेल बताए ।

Success

Thank you for your time.