default_image

2 years ago

December 15, 2023

अन्तर्राष्ट्रिय फेस्टिभलको नेपाल प्रतिनिधिमा ठकुरीको चयन

933 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- फेडरेसन इन्टरनेसनल सिनेमा टेलिभिजन स्पोटर््स(फिक्ट्स)को नेपाल प्रतिनिधिमा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी चयन भएका छन् ।

इटलीको मिलानोमा हेडक्वार्टर रहेको फिक्ट्सको बोर्ड बैठकले ठकुरीलाई नेपालमा खेलकुद संस्कृतिको प्रवद्र्धनमा कार्य गर्न नियुक्त गरेको हो ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी(आइओसी)बाट मान्यताप्राप्त फिक्ट्सले खेलकुदको मुल्य मान्यता एवं ओलम्पिक र प्याराओलम्पिक गेम्सको सामाजिक सांस्कृतिक महत्वलाई प्रवद्र्धन गर्दछ । फिक्ट्समा एक सय ३० सदस्य राष्ट्र छन् । त्यसैगरी पाँच महादेशका विभिन्न देशमा बीस वटा अन्तर्राष्ट्रिय स्पोटर््स फिल्म फेस्टिभल आयोजना हुने गर्दछन् । मुख्य फिल्म फेस्टिभल भने हरेक बर्ष मिलानोमै हुने गर्दछ ।

नेपालबाट केही बर्ष अघि खेलपत्रकार टीएस ठकुरी र पत्रकार जनक नेपालद्वारा निर्देशित डकुमेन्ट्री ‘प्लेयर सिटी’ (खेलाडीको सहर) मिलानोमा चयन भइ प्रदर्शन भएको थियो ।

फिक्ट्सका अन्तर्राष्ट्रिय अध्यक्ष प्रोफेसर फ्रान्को अस्कानी र महासचिव डा. इन्जो क्यापिएलोद्वारा हस्ताक्षरित पत्र भर्खरै प्राप्त गरेको ठकुरीले बताए । ’फिक्ट्ससँगको आवद्धतासँगै नेपाललाई विभिन्न विधामार्फत अन्तर्राष्ट्रियकरण गर्न सघाउनेछ, यसले नेपालको खेलकुद र पर्यटन प्रवद्र्धनका क्षेत्रमा उल्लेखनीय टेवा पुग्नेछ,’ ठकुरीले भने, ‘फिक्ट्सले खेलकुदसम्बन्धि सिनेमा, वृत्तचित्र, टेलिभिजन फुटेज, खेलकुद फोटो, आलेखलाई पुरस्कृत गरी खेल संस्कृतिको प्रवद्र्धनमा जोड दिनेगर्दछ, हामीले पनि फिल्म फेस्टिभल र अवार्ड समारोह आयोजनामार्फत खेल संस्कृति प्रवद्र्धन गर्दै विश्वव्यापी सञ्जालसँग जोडिने अवसर प्राप्त गरेका छौं ।’

नेपालमा फिक्ट्स सम्बद्ध फेस्टिभल लगायत गतिविधि गर्न आफुलाई अधिकार प्रत्यायोजन गरेकोमा फिक्ट्सका अन्तर्राष्ट्रिय अध्यक्ष प्रो फ्रान्को अस्कानीका साथै फिक्ट्स परिवारप्रति खेल पत्रकार ठकुरीले आभार प्रकट गरेका छन् ।
नेपालगन्ज म्याराथनका संस्थापक ठकुरी भर्खरै भियतनामको होचिमिन्हमा आयोजित तीन दिने आठौं मास पार्टिसिपेसन वल्र्ड(एमपीडब्ल्यु) कन्फ्रेन्समा भाग लिइ नेपाल फर्किएका छन् । यस कन्फ्रेन्समा नेपालबाट ठकुरीले पहिलोपटक भाग लिएका हुन् ।

यसअघि गत फेब्रुअरीमा जापानको ओसाकामा भएको एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)को २३औं वल्र्ड कंग्रेसमा पनि नेपालबाट नेपालगन्ज म्याराथनले पहिलोपटक भाग लिंदा ठकुरीले नै प्रतिनिधित्व गरेका थिए ।

एम्सको सदस्यता लिने नेपालगन्ज म्याराथन नेपालबाट पहिलो हो । नेपालगन्ज म्याराथनले यही मंसिर ९ गते नवौं संस्करण सम्पन्न गरेको छ । नवौं संस्करणको धारा नेपालगन्ज म्याराथनमा एपीएफ क्लबका गोपीचन्द्र पार्की र धादिङकी सन्तोषी श्रेष्ठ हाफ म्याराथनतर्फ च्याम्पियन बनेका थिए ।

December 3, 2025

सन्तोषीले भ्यालेन्सिया म्याराथनमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]

November 22, 2025

खडकलाई ११ औं नेपालगन्ज म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]

November 11, 2025

मानन्धर, श्रेष्ठ र गुरुङलाई सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]

Success

Thank you for your time.