2 years ago
January 2, 2024
हिमाल खरेल,बिर्तामोड
देवी मावि मिनि म्याराथन (११ किलोमिटर) को उपाधि स्काइ लिम्बू र सुस्मिता राईले जितेका छन् ।

धुलाबारी मोडबाट आज मंगलबार भएको मिनि म्याराथनमा मिक्लाजुङ ३ पाँचथरका स्काइले निर्धारित दूरी ३९ मिनेट ०३ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ च्याम्पियन बनेका हुन् ।
त्यस्तै, भद्रपुर २ की सुस्मिताले ५५ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पार गर्दै महिलातर्फ च्याम्पियन बनिन् ।विजेता दुबैले समान २१ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाउने छन् ।
त्यस्तै, पुरुषतर्फ धावक फिदिम १० पाँचथरका मुक्साम लिम्बूले ३९ मिनेट १३ सेकेन्डको समय निकाल्दै दोस्रो स्थान हाँसिल गरे । शिवसताक्षी ३ का समिर कन्दङवाले ४० मिनेट दौड पूरा गर्दै तेस्रो स्थान हाँसिल गरे ।
दोस्रो भएका मुक्सामले १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाउँदा तेस्रो भएका समिरले ११ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
महिलातर्फ बुद्धशान्ति ५ की सरिता दनुवारले निर्धारित दूरी ५८ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै दोस्रो र अर्जुनधारा ११ की सिमना जवेगूले निर्धारित दूरी १ घण्टा १ मिनेट १३ सिकेन्डमा पूरा गर्दै तेस्रो स्थान हाँसिल गरिन् ।
सरिताले १५ हजार रुपैयाँ ,मेडल र प्रमाणपत्र पाउँदा तेस्रो भएकी सिमनाले ११ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
विजेताहरुलाई पुस १९ गते विद्यालयमा हुने वार्षिकोत्सवको कार्यक्रममा पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा महिला तथा पुरुष गरी १ सय ३४ जना धावकहरुले सहभागिता जनाएका थिए ।
बिर्तामोडको देवी माविले आफ्नो ६१ औँ वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक अम्बिका श्रेष्ठले जानकारी दिइन् ।
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]