2 years ago
January 10, 2024
विजय नेपाली ,पोखरा
पोखरामा आयोजना हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा प्रदेश खेलकुद परिषद गण्डकीले आवश्यक सहयोग गर्ने भएको छ ।
नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराको आयोजनामा हुँदै आएको म्याराथनको १८ औं संस्करण फागुन ५ गते हुँदैछ।
प्रदेश खेलकुद परिषदका गण्डकीका सदस्य सचिव श्रीधर शर्माले अध्यक्ष हरिप्रसाद पराजुलीको नेतृत्वमा गएको मन्च टोलीबीच बुधबार भेटघाटका क्रममा परिषदले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
सदस्य सचिव शर्माले भूतपूर्व खेलाडी मञ्च समग्र खेलाडीका लाग मार्गदर्शकको रुपमा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तरको म्याराथन गर्दै मञ्चले ठूलो काम गरिरहेको बताए ।

मञ्चलाई अझै विस्तार गर्न समेत सुझाव दिदै उनले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन मञ्चको मात्रै नभई समग्र प्रदेशको रहेको र परिषदले यसका लागि गर्नु पर्ने सबै सहयोग गर्ने वचन दिए ।
मञ्चका अध्यक्ष पराजुलीले जिल्ला खेल संघहरुसँग समन्वयकारी भुमिका खेलिदिन परिषदलाई आग्रह गरे । पुर्व खेलाडीहरुको छाता संगठन भएकाले यसमा हरेक खेल संघ जोडिए थप हौसला बढ्ने उनले सुनाए ।
पराजुलीले यो संस्करणको प्रतियोगितालाई सुरक्षित र पर्यटन प्रबद्र्धन गर्नका लागि नयाँ वैकल्पिक रुटमा लैजाने योजना बनिरहेको जानकारी दिए।
‘हिजोका दिनसम्म हामीलाई सडक सुरक्षा निकै चुनौतिको रुपमा रह्यो । आज हामीले त्यहि सडक सुरक्षालाई मध्येनजर गर्दै वैकल्पिक रुटको व्यस्था गर्ने योजनामा छौं’ उनले भने, ‘सिटी म्याराथनको अवधारणा अनरुप हामीले पोखराको मध्यभाग हुँदै पर्यटकीय क्षेत्र फेवातालतर्फ लैजाने छौं ।’
उनका अनुसार प्रतियोगिताका लागि हालसम्म १० राष्ट्रका धावकहरुले नाम दर्ता गराइसकेका छन् । प्रतियोगिता सफल बनाउन विभिन्न उपसमिति गठन गरि तिब्र रुपमा काम अघि बढिरहेको पराजुलीले बताए ।
१८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको प्रोमो पनि सार्वजनिक गरिएको छ । मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले प्रोमो सार्वजनिक गरेका हुन । साथै मञ्चले म्याराथनको लाइभ ब्रोडकास्टका लागि पब्लिक फोरके टेलिभिजनसंग सम्झौता गरेको छ।
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]