default_image

2 years ago

January 24, 2024

ढाका म्याराथनमा पदक जित्नेलाई नेपालगन्ज म्याराथनले पुरस्कृत गर्ने

491 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपाली म्याराथन धावकको हौसला बढाउन नेपालगन्ज म्याराथनले प्रोत्साहन कार्यक्रम अघि सारेको छ

गत मंसिर ९ गते सम्पन्न नवौं धारा नेपालगन्ज म्याराथनमा पदक विजेता खेलाडीलाई कुनै पनि अन्तर्राष्ट्रिय म्याराथनमा पदक जित्दा प्रोत्साहन पुरस्कार प्रदान गर्ने बोर्ड बैठकले निर्णय गरेको नेपालगञ्ज म्याराथनले जनाएको छ ।

बंगलादेशको राजधानी ढाकामा शुक्रबार हुन बंगबन्धु शेख मुजिब ढाका इन्टरनेसनल म्याराथनमा पदक जित्ने खेलाडीलाई नेपालगन्ज म्याराथनले नगद पुरस्कारको‌ घोषणा गरेको छ ।

ढाका म्याराथनमा स्वर्ण पदक जित्नेलाई २५ हजार , रजतलाई १५ हजार र कास्य पदक जित्नेलाई १० हजार रुपैयाँ प्रोत्साहन रकम दिइने नेपालगन्ज म्याराथन बोर्डले निर्णय गरेको अध्यक्ष टीएस ठकुरीले बताए ।

‘नेपालगन्ज म्याराथनमा पदक जितेर विदेशी भुमिमा हुने मान्यताप्राप्त म्याराथनमा पदक जित्ने खेलाडीलाई थप हौसला बढाउन यसबर्षदेखि  पुरस्कार दिदै अघि बढ्न खोजेका छौं ’ अध्यक्ष ठकुरीले भने, ‘यसले पक्कै खेलाडीलाई अभिप्रेरित गर्नेछ भन्ने अपेक्षा लिएका छौं ।’

नवौं धारा नेपालगन्ज म्याराथनमा पदक जितेका अधिकांश खेलाडी नै ढाका म्याराथनमा अवसर पाएकोमा खुशी लागेको अध्यक्ष ठकुरीले बताए ।
नवौं धारा नेपालगन्ज म्याराथनमा पुरुषतर्फ गोपीचन्द्र पार्कीले जितेका थिए भने , खडकबहादुर खड्का,‌दोस्रा किरणसिंह बोगटी तेस्रा र सन्तोष विक्रम बिष्ट चौथा भएका थिए ।

त्यसैगरी महिला हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ विजयी भएकी थिइन् । फुलमती राना दोस्रा, पुष्पा भण्डारी तेस्रा र विन्द्रा धान्के श्रेष्ठले चौथो भएकी थिइन् ।
सन्तोषी, किरण र गोपीले सन् २०१९ मा स्वदेशमा भएको १३ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका थिए। सन्तोषीले‌ १० हजार मिटर, किरणले म्याराथन र गोपीले ५ हजार मिटरमा दौड पूरा गर्दै पदक जितेका थिए।

गोपी भने ढाका म्याराथनमा सहभागी छैनन् । बुवाको असामयिक निधनमा कारण उनी काजरियामा छन् । गोपीलाई लन्डन म्याराथन पठाउने तयारीमा नेपालगन्ज म्याराथन जुटिरहेको बताइएको छ ।

बंगबन्धु सेख मुजिब ढाका म्याराथनमा यसपटक ७ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

३ पुरुष र ४ महिला गरी ७ खेलाडीले म्याराथन (४२.१९५ किलोमिटर) मा प्रतिस्पर्धा गर्न बताइएको छ । पुरुमा किरण, खडग र प्रकाशसिंह ऐर छन् ।

महिलामा पुष्पा भण्डारी, सन्तोषी, विन्द्रा र सुमित्रा चौधरी छन् । ढाका म्याराथनको विगतका संस्करणमा पुष्पाले २ स्वर्ण र १ कांस्य तथा विन्द्राले १ कांस्य पदक जितेकी थिइन् । टोलीको प्रशिक्षकमा राकेश वज्राचार्य रहेका छन् । टोली बुधबार त्यसतर्फ प्रस्थान गरिसकेको छ।

December 3, 2025

सन्तोषीले भ्यालेन्सिया म्याराथनमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]

November 22, 2025

खडकलाई ११ औं नेपालगन्ज म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]

November 11, 2025

मानन्धर, श्रेष्ठ र गुरुङलाई सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]

Success

Thank you for your time.