2 years ago
January 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाको आयोजनामा अर्को महिना प्रधानसेनापति खुला म्याराथन तथा रन फर फन प्रतियोगिता–२०८० हुने भएको छ ।
म्याराथनको नवौं संस्करणको फागुनमा १९ गते हुने सोमबार आयोजित पत्रकार सम्मेलमा नेपाली सेनाका महासेनानी प्रमोदकुमार थापाले जानकारी दिए । प्रतियोगितमा विभिन्न पाँच विधाका स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
जसमा म्याराथन (४२ .१९५ किमी) हाफ म्याराथन, १० किमी दौड, पाँच किमीको वाकाथन र सैनिक विद्यालयका छात्रछात्राका लागि ५ किमीको दौड हुनेछ। म्याराथनमा पुरुष खेलाडीले मात्र प्रतिस्पर्धा गर्नेछनु भने अन्य विधामा महिला तथा पुरुष खेलाडीले भाग लिनेछन् ।
म्याराथनका विजेताले ३ लाख रुपैयाँ र एक थान यमाह कम्पनीको मोटरसाइकल पाउनेछन् । दोस्रोले २ लाख, तेस्रोले १ लाख, चौथोले ५० हजार, पाँचौँले ३० , छैटौंले २५ ,सातौंले २०, आठौैंले १५, नवौंले १० र दसौंले ५ हजार प्राप्त गर्नेछन् ।
हाफ म्याराथनतर्फ पुरुष महिला विजेताले ७५ हजार र यमाहको मोटरसाइकल प्राप्त गर्नेछन् । दोस्रो हुनेले ५० र तेस्रो हुने ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । महिला पुरुष १० किमी दौड तथा ५ किमीको छात्रछात्रा दौड जित्नेले १० हजार, दोस्रोले ७ हजार र तेस्रो हुने ५ हजार रुपैयाँ पाउनेछन् ।
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]