2 years ago
January 31, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल लोकतान्त्रिक खेलकुद संघको बागमती प्रदेश समितिले चैतमा तेस्रो किसुन जी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुला हाफ म्याराथन आयोजना गर्ने भएको छ ।
नेपाली कांग्रेसका संस्थापक नेता पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईज्यू (किसुन जी) को स्मृतीमा चैतको १७ गते आयोजना गर्ने बागमती प्रदेश समितिका अध्यक्ष दिपक गुरुङले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिए ।
महिला तथा पुरुष तर्फका विजेतालर समान ७५ हजार , दोस्रो हुनेले ५०, तेस्रो हुने २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। समापनमा खेलकुद क्षेत्रमा विशेष योगदान दिने खेलाडी, प्रशिक्षक र खेल पत्रकारलाई नगद सहितसम्मान गरिने अध्यक्ष गुरुङले जानकारी दिए।
यसपटकबाट छात्रछात्राहरुको लागि रन फर फन ५ किमी दौड पनि समावेश गरिएको बताइएको छ। ५ किमीको दुबैतर्फको विजेता १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
हाफ म्याराथन बुढानिलकण्ठ नगरपालिकाको गोल्फुटारको बास्केटबल कोट बाट सुरू भएर धुम्बराही बोक, सुकेधारा चोक, धोवीखोला पुल, चाबहील चोक, मित्रपार्क, जयवागेश्वरी, गौशला, रातोपुल, ज्ञानेश्वर, कमल पोखरी सि. टि. सेन्टर, कृष्ण पाउरोटी, हात्तिसार, जयनेपाल हल, दरबारमार्ग, केशरमल, लैनचौर, साजिम्पाट, पानीपोखरी, महाराजगंज, नारायण गोपाल चोक, बाँसबारी, गोल्फुटार, हात्तिगौडा, बुढानीलकण्ठ हुँदै गोल्फुटार बास्केटबल कोटमा समापन हुने बताइएको छ ।

सोही पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले समितिका सचिव दामोदर भट्टराई (बद्री) लाई अखिल नेपाल फुटबल संघ (एन्फा) को सह महासचिव नियुक्त भएको र सदस्य राजु बोगटी ए डिभिजन क्लबको उपाध्यक्ष सर्वसम्मत निर्वाचित भएकोमा प्रशंसा पत्र प्रदान गरेका थिए।
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]