2 years ago
February 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन विश्वविद्यालय (टियु) ले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको पहिलो दिन सोमबबार एथलेटिक्समा ५ स्वर्ण पदक जितेको जितेको छ । पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा अर्को एक स्वर्ण पदक सुदूरपश्चिम विश्वविद्यालयले जित्यो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको १ हजार ५ सय मिटर महिलामा टियु राज्यलक्ष्मी रावलले निर्धारित दूरी ५ मिनेट २५.५ सेकेन्डमा तय गर्दै पहिलो भइन् । काठमाडौं विश्वविद्यालका आल्षा रेग्मी दोश्रो तथा लुनिया त्वायना तेश्रो बनिन् ।
पुरुष १ हजार ५ सय मिटर दौडमा टियुका शेरबहादुर अधिकारी पहिलो भए । उनले निर्धारित दूरी ४ मिनेट ३०.१ सेकेन्डमा पूरा गरे । टियुकै विकेस घिमिरे दोश्रो तथा सुदूरपश्चिमका खेमराज जोशी तेश्रो भए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष ४ सय मिटर दौडमा सुदूरपश्चिमका मुकेश विष्ट पहिलो भए । उनले निर्धारित दूरी तय गर्न ५६.३५ सेकेन्डमा पूरा गरे । टियुका दिवस रेग्मीले रजत तथा गण्डकी विश्वविद्यालयका सुजल केसीले कास्य पदक जिते । महिला ४ सय मिटर दौडमा टियूकी अनामिका देवकोटा १ मिनेट १५.३५ सेकेन्ड समय निकाल्दै शीर्षस्थानमा रहिन् । सुदूरपश्चिमकी भावना पाण्डे दोश्रो तथा गण्डकीकी कृति गिरी तेश्रो स्थानमा भइन् ।
पुरुष लङजम्पमा टियुका दिवस रेग्मी पहिलो भए । उनले ६.२७ मिटर जम्प गरे । सुदूरपश्चिमाञ्चलका मुकेश विष्ट दोश्रो तथा लुम्बिनी विश्वविद्यालयका अभिषेक गुप्ता तेश्रो भए । महिलालङजम्पमा टियूकी संचिता घिमिरेले स्वर्ण पदक जितिन्् । संचिताले ४.२४ मिटर जम्प गरिन् । लुम्बिनीकी रमिता रावत दोश्रो तथा सुदूरपश्चिमकी भावना पाण्डे तेश्रो भइन्।
टेबलटेनिस – टियुलाई डबल्समा स्वर्ण
टेबलटेनिसको पुरुष डबल्समा टियुका रजोजमान ढकु र आदित्य धौनियाको जोडीले पुरुष डबल्समा स्वर्ण जितेका छन् । रजोजमान र आदित्यको जोडीले फाइनलमा नेपाल संस्कृत विश्वविद्यालयका गनन्जय दाहाल र विदुर खनालको जोडीलाई ३–० ले हरायो । पोखराका विवेक ढकाल र देवबहादुर भुजेल तथा गण्डकीका अनुष कुँवर र दिपेश रानाभाटको जोडी संयुक्त रुपमा तेश्रो भयो ।
पुरुष सिंगल्समा नेपाल संस्कृत विश्वविद्यालयका गनन्जय दाहालले टियुका आदित्य धौनियालाई ३–० तथा टियुका रजोजमान ढकुले काठमाडौंका प्राञ्जयप्रकरण श्रेष्ठलाई ३–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरे ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको महिला सिंगल्समा टियुकी लस्ता महर्जनले सुदूरपश्चिमकी रेखा विष्टलाई ३–० तथा पोखरा विश्वविद्यालयकी मनीषा श्रेष्ठले टियुकी गीताञ्जली गुरुङलाई ३–२ ले हराउँदै फाइनल पुगेका छन् ।
भलिबल – सेमिफाइनल समीकरण पूरा
जावलाखेलस्थित राष्ट्रिय खेलकुद प्रशिक्षण केन्द्रमा जारी भलिबलमा सेमिफाइनल समीकरण पूरा भएको छ । कृषि तथा वन विश्वविद्यालयले टीयू तथा पोखराले मध्यपश्चिम विश्वविद्यालयसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् । भलिबलमा पुरुषतर्फ मात्र प्रतिस्पर्धा भइरहेको छ ।

प्रतियोगिताको राखेपका उपाध्यक्ष एवं प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन कार्यदलका संयोजक शिव कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा राखेपका निमित्त सदस्य–सचिव प्रकाशकुमार कुसारी, सदस्य पेमा डोल्मा लामा, विना श्रेष्ठ, दिपेन्द्र विष्टलगायतको उपस्थिति रहेको थियो ।
दुईदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, टेबलटेनिस र ब्याडमिन्टन गरी ४ खेल समावेश छन् । भलिबलमा छात्र टोली मात्र सहभागी छ । विभिन्न १० विश्वविद्यालयका २ सय ८० खेलाडीको सहभागिता रहेको प्रतियोगितामा २३ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ ।
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]