default_image

2 years ago

February 12, 2024

म्याराथनका विश्व कीर्तिमानधारी किप्टमको निधन

1208 views

0 Bookmark

एजेन्सी – पुरुष म्याराथनमा विश्व कीर्तिमान बनाएका केन्याका धावक केल्भिन किप्टमको सडक दुर्घटनामा निधन भएको छ ।

बीबीसीका अनुसार उनको प्रशिक्षक जेर्भाइस हकिजिमानासँग पश्चिम केन्यामा आइतबार भएको दुर्घटनामा मृत्यु भएको हो । गत अक्टोबरमा भएको सिकागो म्याराथनमा किप्टमले २ घण्टा ३५ सेकेन्डमा म्याराथन पूरा गर्दै विश्व कीर्तिमान कायम गरेका थिए ।

आइतबार केन्याको रातको ११ बजे दुर्घटना भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार किप्टमले चलाएको गाडीले ‘नियन्त्रण गुमाएर सडक छोडेपछि बायाँ भागमा रहेको ढल छेउमा खसेको’ थियो । प्रहरीका अनुसार ६० मिटरसम्म ढल छेउमा गुडेपछि गाडी रुखमा ठोक्किएको थियो । दुबैको घटनास्थलमै निधन भएको थियो ।

किप्टमले वर्तमान युगका सबैभन्दा सफल म्याराथन धावक एलिउड किप्चोगेको कीर्तिमान तोडेका थिए । दुबै किप्चोगे र किप्टम पेरिस २०२४ ओलम्पिकका लागि केन्याको प्रारम्भिक टोलीमा थिए ।

सन् २०२२ मा मात्र पहिलो पटक ठूलो म्याराथन कुदेका उनले यसै अप्रिलमा हुने रोटरड्याम म्याराथनमा २ घण्टाभन्दा कम समयमा म्याराथन पूरा गर्ने लक्ष्य राखेका थिए ।

December 3, 2025

सन्तोषीले भ्यालेन्सिया म्याराथनमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]

November 22, 2025

खडकलाई ११ औं नेपालगन्ज म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]

November 11, 2025

मानन्धर, श्रेष्ठ र गुरुङलाई सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]

Success

Thank you for your time.