2 years ago
February 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) –नवौं धारा नेपालगन्ज म्याराथनका विजेता गोपीचन्द्र पार्कीले यसपटकको टिसिएस लण्डन म्याराथनमा दौडने पक्का भएको छ । नेपालगन्ज म्याराथनले सोमबार पत्रकार सम्मेलन गर्दै गोपीको सहभागिता निश्चित भएको जानकारी गराएको छ ।
गोपीले आफ्नो लागि नेपालगन्ज म्याराथन सधै लक्की रहँदै आएको बताएका छन् । पहिलो पटक विजेता बन्दा ओलम्पिकको लागि छनोट हुने भनिएको थियो । यसपटक लण्डन म्याराथन खेल्ने मौका मिलेको छ,’ उनले भने,‘नेपालगन्ज म्याराथनको रुट नेपालकै सबैभन्दा राम्रोमा पर्दछ । लण्डन म्याराथनमा राम्रो नतिजाको लागि प्रयास गर्नेछु ।’
लण्डन म्याराथन २०८१ वैशाख ९ (अप्रिल) २१ मा हुनेछ । गोपीको को लण्डन म्याराथनका लागि नेपाल युके रनले व्यवस्थान गरेको छ । युके रनका प्रतिनिधि सन्तोष राईले भविष्यमा पनि नेपालगन्ज म्याराथन र हाफ म्याराथनका विजेतालाई पनि लण्डन म्याराथनमा सहभागिता गराउन प्रयास गरिने बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङले नेपालगन्ज, पोखरा र काठमाडौं म्याराथनलाई राखेपले महत्वका साथ हरेको बताएका छन् । सिटी म्याराथनमा खासमा स्थानिय निकायकै भूमिका हुन्छ,’ उनले भने,‘तथापी त्यसमा राखेपको पनि साथ रहँदै आएको छ ।’ उनले गोपीलाई सफलताको शुभकामना दिए ।

राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्टले लामो तयारीपछि मात्र सफल प्राप्त गर्न सकिने र त्यसमा परिषद्को पनि भूमिका रहनुपर्नेमा जोड दिए । नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने योजनामा साथ दिएकोमा युके रनलाई धन्यवाद दिए ।
मंसिर ९ गते भएको नवौं धारा नेपालगन्ज म्याराथन २ घन्टा २१ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका थिए । नेपालगन्ज म्याराथनका दुई पटकका विजेता गोपी १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता हुन् । सन् २०१९ मा स्वदेशमा भएको १३ औं सागमा उनले ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए ।
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]