2 years ago
February 25, 2024
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडामा पहिलो पटक खुल्ला राष्ट्रिय पुरुष हेटौंडा रन प्रतियोगिता हुने भएको छ । गत वर्षहरुमा जिल्ला स्तरमा आयोजना हुने प्रतियोगिता यस पटक राष्ट्रिय स्तरका रुपमा सञ्चालन गर्न लागिएको बताइएको छ।
हेटौंडा उपमहानगरापालिकाको सहयोग र नगर खेलकुद बिकास समितिको समन्वय तथा व्यवस्थापनमा सञ्चालन फागुन १८ गते हेटौंडा रन हुने आइतबार पालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
हेटौंडाको बुद्धचौकबाट हेटौंडा–५ पिप्ले पुगेर पुनः बुद्धचौकमा आई ५ किलोमिटर दौड पूरा हुने पत्रकार सम्मेलनमा समितिका अध्यक्ष रविन्द्र घिमिरेले जानकारी दिए । दौडमा १६ बर्ष उमेर पूरा भएका नेपाली नागरिक सहभागि हुन पाउँने बताइएको छ।
प्रतियोगिताको विजेताले ६० हजार, दोस्रोले ५० , तेस्रोले ४० हजार र प्रोत्साहन स्वरुप दुई जनाले समान १० हजार रुपैयाँ प्राप्त गर्ने उपमहानगरपालिका खेलकुद शाखाका प्रमुख बसन्त सिटौंलाले जानकारी दिए ।प्रतियोगितामा सहभागी हुन चाहनेले दौडकै दिन फागुन बिहान ६ः४५ बजे सम्म नाम दर्ता गर्न सक्ने बताइएको छ ।
झन्डै ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितामा करिव १ सय जनाको सहभागिता रहने अनुमान छ । उपमहानगरको खेलकुद समितिले भविष्यमा मेयर कप फुटबल र ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने बताइएको छ ।
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]