2 years ago
March 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अशोक बराम र फ्लुअर माउन्टजोय नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको च्याम्पियन बनेका छन् ।
ट्रायलमान्डुको आयोजनामा शनिबार भएको नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्ज भक्तपुरको रानीकोटमा सुरु भएर डोलुमा सम्पन्न भएको थियो । मुन्जश्री ट्रेल १ सय माइल अन्तर्गत यो चौथो चरण चरणको दौड ३७ किमीको रहेको आयोजकले जनाएको छ ।
दौड अशोकले ४ घन्टा २३ मिनेट १९ सकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । राजा महतारा ४ घन्टा २४ मिनेट २० सकेन्डका साथ दोस्रो र मनकुमार रोका मगर ४ घन्टा ३४ मिनेट ०३ सकेन्डको समयका साथ तेस्रो भएकी हुन् ।

महिलातर्फ विजेता बन्ने क्रममा माउन्टजोयले ५ घन्टा ३१ मिनेट ०४ सकेन्डमा दौड पूरा रिन् । स्टाइन हेजेलवर्गले ५ घन्टा ५८ मिनेट र १४ सकेन्ड समयका साथ दोस्रो र सोन्या मार्टिनले ५ घन्टा ५८ मिनेट ३६ सकेन्ड समयका साथ तेस्रा् भएकी थिइन् ।
सो स्टेज रेस च्यालेन्सको चौथो चरणमा १५ विदेशीसहित कुल ७० खेलाडीको सहभागिता थियो । विजेतालाई नेपाल ओलम्पिक कमिटीका निरज श्रेष्ठले पुरस्कृत गरे ।
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]