2 years ago
April 5, 2024
भैरहवा (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटि (एनओसी) ले बुद्ध जन्मस्थलमा सामान्य वाकाथुन हुदै सुरु गरेको लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन भविष्यमा विश्वकै उत्कृष्ट म्याराथन हुने विश्वास व्यक्त गरेको छ ।
सन् २०२२ मा पहिलो पटक लुम्बिनीमा अवस्थित विश्वशान्ति द्धिपबाट मायादेवी मन्दिर सम्म सुरु भएको वाकाथनलाई विस्तार गर्ने क्रममा गत वर्ष म्याराथन आयोजना भएको थियो । शनिबार लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनको दोश्रो सस्करण आयोजना हुँदैछ ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले लुम्बिनीमा आयोजना हुने अन्तर्राष्ट्रिय म्याराथनको छुट्टै महत्व रहेको जनाउदै खेलका माध्यमबाट पर्यटन एवं लुम्बिनीको प्रबद्र्धन हुने बताए । यस पटक देखि लुम्बिनी अन्तराष्ट्रिय शान्ति म्याराथनमा एनओसीसँगै नेपाल स्थित चिनिया दुतावास,लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड र लुम्बिनी प्रदेश खेलकुद परीषदले पनि सहयकार्य गरेको बताइएको छ ।
‘यो म्याराथन भविष्यमा विश्वकै उत्कृष्ट बन्ने सक्नेछ , अहिले सुरुवात हो पछि विश्वभरबाट प्रतिस्पर्धाका लागि आउनेछन् । लुम्बिनीको महत्वका कारण विश्वभरका म्याराथन धावकबीच लोकप्रिय हुनेछ,’ अध्यक्ष श्रेष्ठले भने ।
लुम्बिनी स्क्वायरबाट बिहान ६ बजे सुरु भएर भैरहवा सम्म पुगेर पुन लुम्बिनी स्कवायर पुगेर लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन सम्पन्न हुने एनओसीका महासचिव निलेन्द्र राज श्रेष्ठले बताए । उनले भने,‘ सबै तयारी पूरा भएको छ , धावकहरु लुम्बिनी आउने क्रम जारी छ।’
म्याराथनको दुरी प्रमाणिकरणको लागि अन्तर्राष्ट्रिय सस्था एसोसियसन अफ इन्टरनेशनल म्याराथुन एन्ड डिस्टेन्स रेसेज (एम्स) का प्रतिनिधी आएर मापन गरिसकेको जानकारी दिदै श्रेष्ठले भने, म्याराथन सुरु हुनुअघि (इन्टरनेशनल एथलेटिक्स फोरुम (आइएएफ) र एम्स ले संयुक्त रुपमा प्रमाणपत्र दिएपछि अन्तर्राष्ट्रिय म्याराथनको क्यालेन्डरमा समेत सूचिकृत हुनेछ ।’
लुम्बिनी म्याराथन प्रमाणिकरण भए संगै नेपालमा अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाएको ४ वटा म्याराथन हुने श्रेष्ठले बताए । यस अघि काठमाण्डौ म्याराथन, पोखरा म्याराथन र नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय म्याराथनको मान्यता पाइसकेका छन् ।
विकास र शान्तिको लागि अन्तर्राष्ट्रिय खेलकुद दिवसको दिन अप्रिल ६ दिन म्याराथन गर्दै आएका छौ,’ महासचिव श्रेष्ठले भने,‘ म्याराथन सकिएपछि अर्को बर्ष आयोजना हुने म्याराथनको मिति सार्वजनिक गर्नेछौं । त्यसले म्याराथन धावक माँझ बुद्धजन्मस्थल लुम्बिनी म्याराथनको जानकारी हुनेछ ।’
यस पटक पुरुष तर्फको म्याराथन विजेताले ५ लाख , दोश्रोले ३ लाख, तेश्रोले २ लाख, चौथोले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै पाँचौले ८०, छैटौंले ६०, सातौंले ४०, आठौंले २०, नवौंले १० र दसौंले ५हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
महिला तर्फको हाफ म्याराथन विजेता २ लाख, दोश्रोले १ लाख ६० हजार र तेश्रो हुनेले १ लाख २० हजार रुपैयाँ पाउनेछन् । त्यसै गरी ५ किमीको महिला पुरुषको दौड र विद्यालयका छात्र, छात्राको लागि ३ किलोमिटरको वाकाथन समेत आयोजना हुनेछ । ५ किमी र ३ किमी दुपै स्पर्धाका विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस पटक पुरुष म्याराथनमा ६० धावक, महिला हाफ म्याराथनमा २०, ५ किमीमा विद्यालयमा १ सय जना, खुल्ला ६५ तथा वाकाथनमा २ सय बढीको सहभागिता रहने बताइएको छ ।
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]