default_image

2 years ago

April 6, 2024

मञ्जुश्री ट्रेल रेस – अर्जुनलाई उपाधि

939 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपालकै लामो ट्रेल रेस प्रतियोगिता मञ्जुश्री ट्रेल रेसको चौथो संस्करणको‌ उपाधि अर्जुन कुलुङ‌ राईले जितेका छन् ।

विभिन्न चरणका रेसमध्ये सबैभन्दा लामो एक सय माइलको रेसमा यसअघिको आफ्नै कीर्तिमान तोड्दै अर्जुन विजेता बनेका हन् ।

उनले २६ घण्टा ५० मिनेट १५ सेकेन्डमा रेस पूरा गर्दै उपाधि जितेका हुन् । मञ्जुश्री ट्रेल रेसका अध्यक्ष सुवाश थापाका अनुसार अर्जुनले सन् २०२२ मा ३१ घन्टा १० मिनेट ५७ सेकेण्डमा रेस पूरा गरेका थिए।

यस्तै बेलायतका अलिस्टेयर मेस्सनले २८ घण्टा २८ मिनेट ३५ सेकेण्डमा रेस पूरा गरी दोस्रो र ३३ घण्टा ५७ मिनेट ४० सेकेन्डमा रेस पूरा गर्दै विजय मगर तेस्रो भएका छन् ।

सय किलोमिटर रेस १४ घण्टा ४५ मिनेट २० सेकेन्डमा पार गर्दै पुरुषतर्फ मन कुमार रोका मगरले उपाधि जितेका छन् । त्यसमा १६ घण्टा ४६ मिनेट ४८ सेकेन्डमा रेस पूरा गरेर फुर्पासिंह तामाङ दोस्रो र १६ घण्टा ५४ मिनेट १७ सेकेन्डमा रेस पूरा गरेर अविनाश देवकोटा तेस्रो भए ।

५० किलोमिटर रेस ७ घण्टा १७ मिनेट २५ सेकेन्डमा पार गर्दै पुरुषतर्फ हरिलाल सिंह विजयी भए । महिलातर्फ ८ घण्टा २२ मिनेट ५ सेकेन्डमा पार गर्दै प्रिया राईले उपाधि जितिन् ।

५० किलोमिटरको‌ पुरुषमा निम्साङ लिम्बु ( ७ घण्टा १८ मिनेट ११ सेकेन्ड) दोस्रो र दिपेश तामाङ (८ घण्टा ४ मिनेट ३६ सेकेन्ड) तेस्रो भए।

महिलातर्फ रसिला तामाङ (९ घण्टा १३ मिनेट ६ सेकेन्ड) दोस्रो र छोकी शेर्पा (९ घण्टा १६ मिनेट ४५ सेकेन्ड) तेस्रो भइन् ।

१ सय माइल, १‌सय किमि र ५० किमिका खेलको पाँचौँ स्थान भित्र आउने खेलाडी स्वतः एसिया ट्रेल मास्टर्समा क्वालिफाइ भएको अध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार यी धावकहरूले मलेसियामा आगामी सेप्टेम्बर १४ मा हुने एटिएम फाइनल रेसमा प्रतिष्पर्धा गर्नेछन् ।

त्यस्तै ३० किलोमिटर रेस ४ घण्टा ४९ मिनेट ४८ सेकेन्डमा पार गर्दै उबिन मल्ल विजेता बने । यस्तै ४ घण्टा ५७ मिनेट २९ सेकेन्डमा रेस पूरा गरेर लुकास सेर्डन दोस्रो र ४ घण्टा ५७ मिनेट ४५ सेकेन्डमा रेस सम्पन्न गरेर एण्ड्रियु एलकक तेस्रो भएका छन् ।

अमेरिकाकी कार्ली एण्ड्रेसन राट्लीले ६ घन्टा ४५ मिनेट २१ सेकेण्डमा रेस पूरा गर्दै महिलातर्फको ३० किलोमिटर रेसको विजेता बनिन् ।

बेलायतकी जेन्नी चाप्लिनले ७ घन्टा १९ मिनेट ४८ सेकेण्डमा ३० किमी रेस पूरा गरेर दोस्रो र अमेरिकाकी एरिका मिक्सले ७ घण्टा २० मिनेट ५० सेकेण्डमा दौड पूरा गरेर तेस्रो बनिन् ।

१० किलोमिटर रेस १ घण्टा २ मिनेट ५ सेकेन्डमा पार गर्दै कुलबहादुर बस्नेत विजयी भए । यस्तै १ घण्टा २ मिनेट ६ सेकेन्डमा रेस पूरा गरेर रेम बुढा मगर दोस्रो र १ घण्टा २ मिनेट ८ सेकेन्डमा रेस पूरा गरेर प्रविन लिम्बु तेस्रो भए ।

रेसलाई थप समावेशी बनाउन शनिबार २ किलोमिटरको विशेष रेस समेत आयोजना गरिएको थियो। जसमा भिन्न रुपले सबल बाल–बालिकाहरूको रेस भएको थियो ।
नेपाल डाउन सिन्ड्रोम सोसाइटीसँगको सहकार्यमा सम्पन्न गरिएको सो रेसमा १३ बालबालिका सहभागी थिए । जसमा सत्यम थापा विजेता रुकुस मैनाली दोस्रो र सिर्जना राई तेस्रो बने ।

नेपाल ट्रायथलन संघका कोषाध्यक्ष निरज श्रेष्ठले विजेताहरुलाई पुरस्कार प्रदान गरे। शुक्रबार बिहान ८ बजे इचंगुनारायण स्थित सिंगल ट्रीमा रहेको हिमालय क्विन बी रिसोर्टबाट सय माइलको रेस सुरू भएको थियो ।

रेसमा दौडने क्रममा प्रतियोगीले फुल्चोकी, नागर्जुन, शिवपुरी, नगरकोट, चम्पादेवी, भष्मासुर र चन्द्रागिरीलगायतका पहाड चढ्ने, झर्ने गरेका थिए । सो क्रममा उनीहरूले ती सबै पहाड गरी कूल ९ हजार ८ सय मिटरको उचाइ लिएको बताइएको छ।

रेसअन्तर्गत छोटो दूरीका रेस पनि प्रतियोगिता गरिएका थिए । जसअन्तर्गत एक सय किलोमिटरको रेस झुलेबाट, ५० किलोमिटरको रेस बडिखेलबाट र मञ्जुश्री ट्रेल रेससँग आवद्ध ट्रेलमाण्डुको ३० किलोमिटरको केभिआर स्टेज रेस फर्पिङको डोल्लुबाट सुरू भएको थियो ।

ट्रेलमाण्डुको यो रेस ५ स्टेज रेसको फाइनल रेस हो । शनिबार बिहान कालुपाँडे डाँडाबाट १० किमिको रेस सुरू भइ सिंगल ट्रिमै सकिएको यस रेसमा १ सय जना धावक सहभागी भएको अध्यक्ष थापाले जानकारी दिए ।

शुक्रबार र शनिबार दुई दिनमा विभिन्न चरणको रेसमा नेपाल सहित १६ मुलुकका ३ सय २४ धावक सहभागी भएका थिए । जसमा ४० जना विदेशी धावक सहभागी भएको बताइएको छ ।

सहभागी धावकमध्ये यस्तै २ सय ८९ जना पुरुष र ३५ जना महिला धावक रहेका थिए । विभिन्न चरण मध्ये सय माइलको रेसमा ४ महिला सहित १८ धावक सहभागी थिए ।

यसपटक नेपाल, चीन, सिंगापुर, बेलायत, डेनमार्क, इण्डिया, बेलारुस, इण्डोनेसियाका धावकहरू सहभागी भएको रेसका अध्यक्ष थापाले बताए ।

सय माइल विजेता अर्जुन कुलुङ बाहिरी मुलुकमा हुने रेसभन्दा मञ्जुश्री ट्रेल रेसको महत्व बढ्दै गएको बताउँछन् । उनले भने,’यो रेस एकदमै व्यवस्थित थियो । काठमाडौंमै सम्भव भइरहेको यस रेसले हामीजस्ता रेसलाई सोख र पेशा बनाएर दौडिरहेकाहरूलाई उत्तम प्लेटफर्म र अवसर दिएको छ ।’

आयोजकका अनुसार यस रेस अन्तर्गत प्रत्येक सिजन एटिएम फाइनल सँगै समाप्त गरिएको छ । जसमा अन्तिम विजेतालाई सम्मानित गरिएको छ ।

१ सय माइल रेसको विजेताले ६० हजार, दोस्रोले ४० हजार र तेस्रोले २० हजार रुपैयाँसँगै मेडल र प्रमाणपत्र पाए । १ सय किलोमिटर रेसको‌ विजेता ४० हजार , दोस्रोले २५ हजार र तेस्रोले १५ हजार रुपैयाँसँगै मेडल र प्रमाणपत्र प्राप्त गरे।

५० किलोमिटर रेसमा विजेता ३० हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार रुपैयाँसँगै मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै ट्रेलमाण्डुको केभिआर १ सय स्टेज रेसको विजेताले २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँसँगै मेडल र प्रमाणपत्र पाएका छन्।

December 3, 2025

सन्तोषीले भ्यालेन्सिया म्याराथनमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]

November 22, 2025

खडकलाई ११ औं नेपालगन्ज म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]

November 11, 2025

मानन्धर, श्रेष्ठ र गुरुङलाई सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]

Success

Thank you for your time.