2 years ago
April 20, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं पिंक केयरएथन महिला दौडको १० किलोमिटरमा आस्था राउत, ५ किमीमा कल्पना घिमिरे र ३ किमीमा तिर्सना कुमारी विजयी भएकी छिन्।
महिलाहरुको स्वास्थ्य एवं तन्दुरुस्तीमा सचेतना जगाउने उद्देश्यले लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा शनिबार काठमाडौंमा पिंक केयरएथन आयोजना गरेको हो ।
१० किमीमा मनिता घतामी दोस्रो र संगिता तामाङ्ग तेस्रो भइन् । ५ किमीमा सुशिला राना दोस्रो तथा ममिता धामी तेस्रो भइन्। ३ किमीमा दौडतर्फ सिमा बिथाडी दोस्रो तथा पार्वती चौधरी तेस्रो भइन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा आयोजित कार्यक्रममा २ वर्षदेखि ७० वर्षसम्मका झण्डै २ हजार महिलाहरु सहभागिता रहेको बताइएको छ ।
सधै घरायशी काम र दैनिकीमा व्यस्त रहने महिलाहरुलाई आफ्नो स्वास्थ्यको लागि पनि समय निकाल्न प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताए ।
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले महिलाहरुको स्वास्थ्य सेवा र उपचारमा सहयोग गर्न महानगरले भर्खरै निशुल्क क्यान्सर परिक्षण सुरुवात गरेको जानकारी दिइन् ।
महिला स्वास्थ्य, सचेतना र लोक कल्याणको क्षेत्रमा क्रियाशिल नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी पराजुली कुँवर, भारतका चर्चित टेलिभिजन प्रस्तोता एवं कलाकार जय भानुशालीलगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे।

यसअघि काठमाडौं पिंकाथनको नाममा हुने गरेको यो कार्यक्रम यसपटक अझ नेपालीपन झल्किने गरि काठमाडौं पिंक केयरएथन नाममा आयोजना गरिएको बताइएको छ। सन् २०१९ सम्म ३ वर्ष लगातार आयोजना गरिएको यो इभेन्ट कोरोना महामारीपछि पहिलो पटक आयोजना गरिएको हो । अर्को वर्षदेखि नियमितरुपमा कार्यक्रम आयोजना गरिने आयोजक संस्थाले जनाएको छ।
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]