2 years ago
May 6, 2024
सुर्खेत (हाम्रो खेलकुद) – यसै साता आयोजना हुने ज्ञान प्रथम कर्णाली हाफ म्याराथनमा खुल्लातर्फ महिला तथा पुरुष विजेता खेलाडीले समान ५५ हजार रुपैयाँले प्राप्त गर्ने भएका छन् ।
शनिबार आयोजना हुने हाफ म्याराथनका विजेताको पुरस्कार घोषणा गर्ने क्रममा आयोजक रेस नेपालले दोस्रोले ३० हजार र तेस्राले २० हजार रुपैयाँ पाउने घोषणा गरेको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा हुने हाफ म्याराथनमा पुरुष ४५ बर्षमाथि उमेर समूहको विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ गरिनेछ ।
त्यस्तै विद्यालय तहका छात्र एवं छात्रातर्फका विजेताले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार रुपैयाँ पाउनेछन् । कर्पोरेटतर्फ विजेतालाई बिशेष प्याकेजद्वारा पुरस्कृत गरिने जनाएको छ । रेस नेपाल एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको संयुक्त बैठकले सोमबार नगद पुरस्कार घोषणा गरेको हो ।
कर्णाली हाफ म्याराथनलाई क्रमिक रुपमा दौड संस्कृतिको विकाससँगै पर्यटन प्रवद्र्धन गराउने इभेन्टका रुपमा स्थापित गराउने आयोजकको तयारी छ । यस वर्ष आयोजना हुने दसौं राष्ट्रिय खेलकुदलाई प्रवद्र्धन गर्नेगरी कर्णाली हाफ म्याराथन आयोजना गर्न लागिएको बताइएको छ ।
पहिलो संस्करणको सफलतासँगै हरेक बर्ष उपयुक्त समयमा कर्णाली हाफ म्याराथन आयोजना गरिने जनाइएको छ।
कर्णाली हाफ म्याराथनको संयोजन वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान मेयर देवकुमार सुवेदीले गरेका छ् । त्यसैगरी कुमारशमसेर थापालाई सदस्यसचिवको जिम्मेवारी दिएको छ । रेस डाइरेक्टरमा पुर्व मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङलाई नियुक्त गरिएको छ ।
नेपालगन्ज म्याराथन आयोजना एवं व्यवस्थापन गर्दै आएको क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले दौड संस्कृतिको प्रवद्र्धन गर्दै प्रतिभाशाली खेलाडी खोज अभियान अन्तर्गत कर्णाली हाफ म्याराथन गर्न लागेको जनाएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषदसँगको आर्थिक सहयोग साझेदारी तथा अन्य स्थानीय पालिका एवं नीजि क्षेत्रको सहयोगमा कर्णाली हाफ म्याराथन हुन लागेको रेस नेपालका अध्यक्ष टीएस ठकुरीले बताएका छन् ।
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]