9 years ago
March 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– गोसाईकुण्ड लाङटाङ म्याराथनको दोस्रो सस्करण अर्को महिना आयोजना हुने भएको छ । आयोजक ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनमार्फत भूकम्प गएको दिन (बैशाख १२ गते) आयोजना गर्ने जानकारी दिएको छ । विनाशकारी भूकम्प २०७२ को वैशाख १२ गते भएको थियो ।

भुकम्पपछि लाङटाङ गोसाईकुण्डको पर्यटकीय गतिविधिलाई पूनर्जिवित गर्नुका साथै नेपालमा पनि अन्तराष्ट्रिय स्तरको खेलकुद पर्यटन विकास गर्न प्रतियोगिता आयोजना गर्न लागिएको टानका महासचिव कर्ण बहादुर लामाले बताए । प्रतियोगिता खुला पुरुष र महिला दुवैमा हुनेछ । प्रतियोगिताको दुवै समुहको विजेताले समान १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार प्राप्त गर्नेछ । प्रतियोगितामा नेपाली धावकको लागि १७ सय रुपैयाँ र विदेशी धावकहरुको लागि ५० अमेरिकी डलर दर्ता शुल्क तोकिएको छ । म्याराथन लाङटाङ राष्ट्रिय निकुञ्जकाे क्यान्जिङ गुम्वाबाट शुरु भई लाङटाङ गाउँ- थाङस्याप- घाडा, तवेला – लामा हाेटल-रिम्चे – शेपागाउ- खान्जिम-ब्रिदिम- लिङिलङ हुँदै स्याफ्रुबेशीमा सकिनेछ ।
टानले यसपटक करिव २० देशका धावकले सहभागिता जनाउने बताएको छ । टानले आगामी ५ वर्षमा २ सय भन्दा बढी अन्तराष्ट्रिय धावकहरुले सहभागिता जनाउन सक्ने अनुमान गरिएको छ । प्रतियोगता सञ्चालन गर्न करिब ४२ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ । टानले अघिल्लो बर्ष हाफ म्याराथन आयोजना गरेको थियो ।
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]