default_image

7 years ago

April 1, 2017

हेमलाल र सन्तोषी च्याम्पियन

नुवाकोट (हाम्रो खेलकुद) – आर्मीका हेमलाल श्रेष्ठ र धादिङकी सन्तोषी श्रेष्ठ प्रथम झिल्टुङ क्रस कन्ट्री च्याम्पियनसिपमा च्याम्पियन भएका छन्। नुवाकोटको महादेव माध्यमिक विद्यालय कोल्पुटारमा शनिबार भएको झिल्टुङ क्रस कन्ट्री च्याम्पियनसिपमा निर्धारित १३.४ किमि दुरी ५४ मिनेटमा पुरा गर्दै आर्मीका हेमलाल श्रेष्ठ च्याम्पियन बनेका हुन्। ५४ मिनेट १८ सेकेण्डमा दुरी पुरा गरेका नेपाल एपिएफका लक्ष्मण मल्ल […]

41 views

0 Bookmark

नुवाकोट (हाम्रो खेलकुद) – आर्मीका हेमलाल श्रेष्ठ र धादिङकी सन्तोषी श्रेष्ठ प्रथम झिल्टुङ क्रस कन्ट्री च्याम्पियनसिपमा च्याम्पियन भएका छन्। नुवाकोटको महादेव माध्यमिक विद्यालय कोल्पुटारमा शनिबार भएको झिल्टुङ क्रस कन्ट्री च्याम्पियनसिपमा निर्धारित १३.४ किमि दुरी ५४ मिनेटमा पुरा गर्दै आर्मीका हेमलाल श्रेष्ठ च्याम्पियन बनेका हुन्।

jhiltung

५४ मिनेट १८ सेकेण्डमा दुरी पुरा गरेका नेपाल एपिएफका लक्ष्मण मल्ल ठकुरी दोस्रो तथा आर्मीकै टिकाराम कटुवाल ५५ मिनेट १६ सेकेण्डमा दुरी पुरा गर्दै तेस्रो भए। किरण बोगटी, वीर बहादुर बस्नेत र ज्ञानप्रसाद भट्टराई क्रमशः चौथो देखि छैटौं भए।

यस्तै महिलातर्फ धादिङकी सन्तोषी श्रेष्ठले निर्धारित दुरी १ घण्टा ९ मिनेट ६९ सेकेण्डमा पुरा गर्दै पहिलो भईन्। १ घण्टा १० मिनेटमा निर्धारित दुरी पुरा गरेकी एपिएफकी पुष्पा भण्डारी दोस्रो भईन्। आर्मीकी रेशु बस्नेत१ घण्टा ११ मिनेट ६ सेकेण्डमा दुरी पुरा गर्दै तेस्रो भईन्। सानुमाया कार्की, सरीता बासी र सोनुजया राई चौथो देखि छैटौ भईन्। दुवै विधाका विजेताले समान १५–१५ हजार प्राप्त गरे। यस्तै दुवैतर्फका दोस्रो देखि छैटौ सम्मले हजार १० हजार ५ हजार ३ हजार २ हजार १ हजार प्राप्त गरे।

यस्तै अन्तर स्कुल ५ किलोमिटर छात्रतर्फ नुवाकोटका विजय श्रेष्ठ पहिलो भए। काठमाडौंका जगत नेपाली दोस्रो, प्रविण कोइराला तेस्रो र राजेन्द्र जैशी चौथो भए। छात्रातर्फ ललितपुरका काजल विष्ट पहिलो भए। राइजिङ एकेडेमीकी लक्ष्मी थापा दोस्रो तथा महादेव मावि नुवाकोटकी रश्मिता नेपाल तेस्रो र महादेव माविकै सबिना नेपाल चौथो भए। अन्तरस्कुल छात्र र छात्रातर्फ पुरस्कार प्रथम देखि चौथोसम्म क्रमश ३ हजार २ हजार १ हजार र ५ सय प्राप्त गरे। रेस कोल्पुटारबाट सुरु भएर बेलिनी, राजटार, खड्काछाप, माझागाँउ, लामाचौर हुदै कोल्पुटारमै आएर सकिएको थियो।

April 22, 2024

बुटवलमा हाफ म्याराथन र रोड रेस हुने

सुमन अधिकारी,बुटवल बुटवलमा जेठको पहिलो साता खुल्ला पुरुष हाफ म्याराथन तथा विद्यालय तथा कलेजस्तरिय रोड रेस प्रतियोगिता आयोजना हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा मदन भण्डारीको ३१ औं स्मृति दिवसका अवसरमा जेठ ३ गते हुन लागेको सोमबार बुटवलमा पत्रकार सम्मेलनमा मार्फत जानकारी गराइएको छ। एकेडेमीले गत बर्ष गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा खेलकुद दिवसको […]

April 21, 2024

गोपीले लण्डन म्याराथन पूरा गरे

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली धावक गोपी चन्द्र पार्कीले आइतबार लण्डन म्याराथन २ घन्टा २२ मिनेट ३१ सेकेन्डमा पूरा गरेका थिए । गत वर्ष मंसिर ९ गते नवौं धारा नेपालगन्ज म्याराथनको उपाधि जित्दै गोपीले लण्डन म्याराथनको यात्रा तय गरेका थिए । नेपालगन्ज म्याराथनले नेपाल रन युकेको सहकार्यमा गोपीको लण्डन सहभागिता निश्चत गरेको हो । १३ […]

April 20, 2024

आस्था, कल्पना र तिर्सना विजयी

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं पिंक केयरएथन महिला दौडको १० किलोमिटरमा आस्था राउत, ५ किमीमा कल्पना घिमिरे र ३ किमीमा तिर्सना कुमारी विजयी भएकी छिन्। महिलाहरुको स्वास्थ्य एवं तन्दुरुस्तीमा सचेतना जगाउने उद्देश्यले लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा शनिबार काठमाडौंमा पिंक केयरएथन आयोजना गरेको हो । १० किमीमा मनिता घतामी दोस्रो र संगिता तामाङ्ग […]

Success

Thank you for your time.