default_image

9 years ago

April 25, 2017

लाङटाङ म्याराथन उपाधि आर्मीका होम र सरितालाई

173 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ र सरिता बासीले दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनको उपाधि जितेका छन् । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) को आयोजनामा लाङटाङमा मंगलबार भएको म्याराथनमा पुरुषतर्फ होमलाल श्रेष्ठ र महिलातर्फ सरिता बासीले उपाधि जितेका हुन् ।

पुरुषतर्फ आर्मीकै खेलाडी शीर्ष तीन भित्र पर्न सफल भए । होमलालले निर्धारित दुरी ३ घण्टा ३४ मिनेटमा पुरा गरेका थिए । ३ घण्टा ३७ मिनेटको समयमा दौड पुरा गर्दै राजन खत्रीले दोस्रा भए । ३ घण्टा ३८ मिनेटको समय निकालेका वेद बहादुर सुनुवारले तेस्रा भए ।

आर्मीकी सरिताले ५ घण्टा १३ मिनेट २० सेकेन्डमा दुरी गरेकी थिइन् । आर्मीकै रेसु बस्नेतले ५ घण्टा १६ मिनेट ४५ सेकेन्डका मा दुरी पुरा गरिन् । एपीएफ क्लबकी पुष्पा भण्डारीले ५ घण्टा २८ मिनेट ४६ सेकेन्डमा दुरी पुरा गर्दै तेस्रा भइन् ।

म्याराथन लाङटाङ राष्ट्रिय निकुञ्जको क्यान्जिङ गुम्बाबाट सुरु भई लाङटाङ गाउँ हुँदै थाङस्याप घाडा, तवेला, लामा होटल,रिम्चे, शेर्पागाउँ, खान्जिम, ब्रिदिम र लिङलिङ हुँदै स्याब्रुबेशीमा पुगेर सकिएको थियो।

दुवैतर्फको विजेताले समान एक लाख रुपैयाँ, दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैंया प्राप्त गरे ।

म्याराथनमा १० विदेशीसहित महिला र पुरुष गरि १ सय २ जना धावकहरुले सहभागिता थियो । दुई वर्षअघि वैशाख १२ गते गएको महा भूकम्पले लाङटाङ क्षेत्रमा क्षति गरेपनि हाल उक्त क्षत्र सुरक्षित रहेकाको सन्देश विश्वभरि फैल्याउन म्याराथन आयोजना गरिएको टानले जनाएको छ । टानले गत वर्ष ’प्रथम टान गोसाइकुण्ड लाङटाङ म्याराथन’ आयोजना गरेको थियो ।

December 3, 2025

सन्तोषीले भ्यालेन्सिया म्याराथनमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]

November 22, 2025

खडकलाई ११ औं नेपालगन्ज म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]

November 11, 2025

मानन्धर, श्रेष्ठ र गुरुङलाई सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]

Success

Thank you for your time.