9 years ago
April 29, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एथलेटिक्स संघले २०१४ देखि २०१७ मा भएका विभिन्न प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाएका र अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ ।

विभिन्न प्रतियोगिताको विभिन्न स्पर्धामा कीर्तिमान रचेका यामसाजन सुनार, दिलमाया कार्की, सविता चौधरी, प्रमिला रिजाल, वृन्दा श्रेष्ठ, मनमति विष्ट, कृष्णा चौधरी, गोपीचन्द्र पार्की, सूर्य खत्री, अमृता महतो, सीमाकुमारी थारु, चन्द्रकला लाम्गादे, सरस्वती भट्टराई, कान्छीमाया कोजु र हरि रिमाल रहेका छन् । ५ कीर्तिमानका लागि ५ हजारका दरले चन्द्रकलाले सर्वाधिक २५ हजार नगद प्राप्त गरिन् ।
सम्मानित हुने अन्तर्राष्ट्रिय पदक विजेतामा सरस्वती, अमृता र सोमबहादुर कुमाल छन् । प्रत्येकले जनही १० हजार नगद पाए । कार्यक्रममा कुल १ लाख ५४ हजार नगद पुरस्कार प्रदान गरियो ।
प्रशिक्षकहरु पुष्पराज ओझा, विक्रमजंग थापा, राकेश वज्राचार्य, छविलाल थापा र धनीराम चौधरी, पूर्व खेलाडीद्वय वैकुण्ठ मानन्धर र जितबहादुर केसी तथा पूर्व मुख्य प्रशिक्षकहरु मधुशम्शेर जंगबहादुर राणा, विश्वप्रकाश थापा, नारायण यादव, नारायणबहादुर प्रधान, नरबहादुर शाही, मोहन घले र सुशीलनरसिंह राणा पनि सम्मानित भए । १२ औं दक्षिण एसियाली खेलकुद (साग) का टिम व्यवस्थापक सन्तोष श्रेष्ठलाई पनि सम्मान गरियो ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]